IME Life New

बुक बिल्डिङ विधिः योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न आउन नेप्सेको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुक बिल्डिङ विधिमा सहभागी हुनका लागि योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न आउन आउन आग्रह गरेको छ।

नेप्से आज एक सूचना प्रकाशित गरी नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्तालाई दर्ता गर्न तथा नवीकरण गर्न आउन आग्रह गरेको हो। नयाँ योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन र पहिले नै दर्ता भइसकेकालाई नवीकरण गर्न आउन डाकिएको नेप्सेले जनाएको छ।

Esewa
Crest

नेप्सेका अनुसार नयाँ दर्ताका लागि वार्षिक १० हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ भने नवीकरणक लागि वार्षिक ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। यसका लागि नेप्सेले तोकेको बैंक खातामा रकम जम्मा गरी बैंक भौचर पठाउनुपर्ने हुन्छ।

qii

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS