IME Life New

बोनस विवादः अदालतको निर्णय मान्न नेप्से कर्मचारी तयार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कर्मचारीले पाउने बोनसका विषयमा विवाद सिर्जना हुँदै आएको छ। हाल यो विवादको कानुनी निरुपणका लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सर्वोच्चमा आफूहरुले पाउने बोनसका विषयमा कानुनी उपचारका लागि रिट दायर भएपछि करिब डेढ महिनाअघि आन्दोलनमा उत्रिएका नेप्सेका कर्मचारी आन्दोलन स्थगित गरेको पनि करिब दुई साता दिन बितिसकेको छ।

Esewa
Crest

नेप्से सञ्चालक समितिले कर्मचारीले पाउने बोनसका विषयमा कानुनी उपचार खोज्न व्यवस्थापन समितिलाई अख्तियारी दिएको थियो। त्यसपछि नेप्से व्यवस्थापन समितिले कानुनी व्याख्या खोज्दै अर्थ मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेको हो। उक्त रिटमा भोलि सोमबार पेसी तोकिएको छ।

नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले आफूहरु सर्वोच्च अदालतको निर्णय मान्न तयार रहेको बताए। ‘हामी विश्वस्त छौँ कि सर्वोच्चले नेप्सेका कर्मचारीको पक्षमा फैसला गर्नेछ’, उनले भने।

विगत केही वर्षदेखि नेप्सेका कर्मचारीले आफूहरुले ५ प्रतिशत बोनस पाउनुपर्ने माग उठाउँदै आएका छन्। तर, अर्थ मन्त्रालयले भने १ प्रतिशतमात्र बोनस कर्मचारीलाई वितरण गर्न पत्र पठाउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS