IME Life New

बोल्ड लुक अनि स्मार्ट फिचर, लन्च भयो नयाँ स्कोर्पियो-एन कार्बन, मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राले आफ्नो प्रसिद्ध एसयूभी स्कोर्पियो–एनको ठूलो सफलतापछि आधिकारिक रुपमा आफ्नो नयाँ विशेष कार्बन एडिसन लन्च गरेको छ। कम्पनीले स्कोर्पियो एनका २ लाख युनिट बिक्रीको उपलक्ष्यमा यो विशेष एडिसन लन्च गरेको हो।

नयाँ स्कोर्पियो–एन कार्बन एडिसनको प्रारम्भिक मूल्य भारु १९.१९ लाख (एक्स–शोरुम) तोकिएको छ। स्पेसल एडिसनमा मेटालिक ब्ल्याक थिम, स्मोक्ड क्रोम एक्सेन्ट्स, ब्ल्याक एलोय ह्वील र डार्क ग्याल्भानो–फिनिस्ड रुफ रेलहरु छन्। जसले यसको बोल्ड डिजाइनलाई अझ बढाउँछ।

Esewa
Crest

कार्बन एडिसनका साथ स्कोर्पियो एनको बडीको वरिपरि क्रोमको प्रयोग कम गरिएको छ। उदाहरणका लागि क्रोम डोर ह्यान्डल र विन्डो साइड मोल्डिङलाई ब्ल्याक–आउट फिनिस दिइएको छ। यहाँसम्म कि १८–इन्च अलोय ह्विल र रुफ रेल्स समान डार्क थिम पाइनेछ। कार्बन एडिसन सिंगल स्टेल्थ ब्ल्याक पेन्टमा प्रस्तुत गरिएको छ।

यो एसयूभीका सबै भेरियन्ट नियमित मोडलको तुलनामा करिब भारु २० हजारले महँगो छन्। जसको मूल्य शीर्ष भेरियन्टका लागि भारु १९.१९ लाखदेखि भारु २४.८९ लाखसम्म छ। यसमा म्यानुअल वा अटोमेटिक ट्रान्समिसन भएका पेट्रोल र डिजेल इन्जिन समावेश छन्।

यस कार्बन एडिसनको भित्री भाग पनि पहिलेको भन्दा धेरै प्रिमियम बनाइएको छ। यसको भित्री भागमा प्रिमियम लेथरेट सिट, कन्ट्रास्ट डेको–स्टिचिङ र स्मोक्ड क्रोम फिनिस समावेश छ। यसबाहेक रुफ लाइनर र डोर ट्रिमहरु ब्ल्याक गरिएको छ। यो एसयूभी ७ सिट भेरियन्टमा मात्र बिक्रीका लागि उपलब्ध छ। यसमा ८ इन्चको टचस्क्रिन, इलेक्ट्रिक सनरुफ, मल्टिपल ड्राइभ मोड, डुअल जोन एसी, १२ स्पिकर र ६ वटा एयरब्याग छन्। यो जेड८ र जेड८एल सात–सिटर भेरियन्टमा मात्र उपलब्ध छ।

स्कोर्पियो–एन धेरै पावरट्रेन अप्सनसँग उपलब्ध छ। यसमा २.०–लिटर एमस्टालियन टीजीडीआई पेट्रोल इन्जिन छ। जसले २०३पीएस पावर र ३७०एनएम (म्यानुअल) वा ३८०एनएम (स्वचालित) टर्क जेनेरेट गर्छ। यसबाहेक यसमा २.२ लिटर एमहावाक सीआरडीआई डिजेल इन्जिनको अप्सन पनि छ। जसले १७५पीएसको पावर र ४००एनएमको टर्क जेनेरेट गर्छ। पेट्रोल र डिजेल दुवै भेरियन्टमा ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसन अप्सन छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS