IME Life New

अमेरिकी विमान निर्माता बोइङलाई ठूलो झट्का, मृतक परिवारलाई ३.५ करोड अमेरिकी डलर तिर्न आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले विमान उत्पादनमा लापरवाही गरेको ठहर गर्दै सिकागो राज्यको संघीय अदालतले विमान दुर्घटनाका पीडित परिवारलाई ३ करोड ५८ लाख अमेरिकी डलर भन्दा बढी रकम क्षतिपूर्ती तिराउने आदेश गरेको छ।

दक्षिण अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा भएको बोइङको ७३७ म्याक्सको जेट विमान दुर्घटनामा मारिएका संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यकर्ताको परिवारलाइ २ करोड ८० लाख डलर क्षतिपूर्ती र २६ प्रतिशतका दरले ब्याज वापतको रकम सहित ३ करोड ५८ लाख ५० हजार अमेरिकी डलर क्षतिपूर्ती दिलाउने आदेश जारी भएको हो।

Esewa
Crest

पीडित परिवारका कानूनी सल्लाहकारहरूका अनुसार, अदालतको आदेशसँगै अब बोइङले आदेशविरूद्ध पुनरावेदनमा नजाने सहमति समेत भएको छ।

नियाकुण्डी रिपोर्ट डट कमका अनुसार, शिखा गर्गको परिवारलाई क्षतिपूर्ती दिलाउन सम्बन्धमा बुधबार अदालतले दिएको आदेश त्यो दुर्घटनापछि क्षतिपूर्तीको दाबी गर्दै दायर गरिएका दर्जनौं मुद्दाहरूमध्ये पहिलो हो । सन् २०१८ मा एशियाली मुलुक, इन्डोनेसियामा बोइङको अर्को जेट विमान पनि दुर्घटना भएको थियो, जसमा ३४६ जनाको मृत्यु भएको थियो।

परिवारको प्रतिनिधित्व गर्ने शानिन स्पेक्टर र एलिजाबेथ क्रफोर्डले एक विज्ञप्तिमा भने कि फैसलाले “बोइङको गलत आचरणको लागि सार्वजनिक जवाफदेहिता स्थापित गरेको छ।”

गर्ग ३२ वर्षकी थिइन् जब इथियोपियाको आदिस अबाबाबाट केन्याको नैरोबी जाँदै गरेको इथियोपियन एयरलाइन्सको उडान ३०२ उडान भरेको केही मिनेट पछि दुर्घटनाग्रस्त भएको थियो।

बोइङ विरूद्धको क्षतिपूर्ती माग मुद्दामा बोइङको ७३७ म्याक्स विमान त्रुटीपूर्ण रूपमा डिजाइन गरिएको र बोइङले यात्रुहरू र सर्वसाधारणलाई यसको जोखिमबारे चेतावनी दिन असफल भएको आरोप लगाइएको थियो।

सन् २०१८ मा इन्डोनेसियाको जाभा सागरमा लायन एयरको उडान ६१० दुर्घटनाग्रस्त भएको पाँच महिनापछि इथियोपियन एयरलाइन्सको उडान दुर्घटनाग्रस्त भएको थियो। दुबै दुर्घटनामा स्वचालित उडान नियन्त्रण प्रणालीले काम नगर्दा विमान दुर्घटना भएको निष्कर्ष अनुसन्धान टोलीले निकालेको थियो।

इथियोपियन एयरलाइन्सको उडान ३०२ दुर्घटनाले उड्डयन इतिहासको सबैभन्दा ठूलो संस्थागत घोटालाहरू मध्ये एकलाई उजागर गरेको थियो । अमेरिकी कांग्रेस र अन्तर्राष्ट्रिय नियामकहरूले गरेको अनुसन्धानले पत्ता लगाएको थियो कि बोइङले ७३७ म्याक्सको प्रमाणीकरणको क्रममा संघीय उड्डयन प्राधिकरणलाई नै झूठा तथ्य र प्रमाणहरू पेश गरेको थियो।

पटक पटक जरिवाना तैपनि हेलचक्रयाइँ जारीः

गत सेप्टेम्बर महिनामा मात्र अमेरिकाको संघीय उड्डयन प्राधिकरणले सेप्टेम्बर २०२३ देखि फेब्रुअरी २०२४ सम्म भएका सुरक्षा उल्लङ्घनहरूका लागि बोइङ कम्पनी विरुद्ध कुल  ३ अर्ब १३ करोड अमेरिकी डलर जरिवाना तिराएको थियो। यसमा जनवरी ५, २०२४ सँग सम्बन्धित कार्यहरू, ढोकाको चुकुल फुट्नु, र सुरक्षा अधिकारीहरूको स्वतन्त्रतामा हस्तक्षेप समावेश छ।

त्यस अघि कम्पनीले २०२१ मा संघीय उड्डयन प्राधिकरणलाई ठगी गर्ने सम्बन्धी आपराधिक आरोपहरू समाधान गर्न २ अर्ब ५० करोड अमेरिकी डलर जरिवाना भुक्तानी गर्ने सम्झौता गर्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS