IME Life New

जंगली भालुको आक्रमणलाई लक्षित गर्दै ब्लु क्रसले यात्रुका लागि ल्यायो बीमा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापान र अन्य पर्यटकीयस्थलमा जंगली भालुको आक्रमणको बढ्दो संख्यालाई ध्यानमा राख्दै ब्लु क्रस (एसिया प्रशान्त) इन्स्योरेन्सले सीमित अवधिका लागि भालु आक्रमण अतिरिक्त कभरेज (बियर अट्याक एडिसनल कभरेज) बीमा योजना सुरु गरेको छ।

मार्च ३१ २०२६ सम्म यसको यात्रा बीमा उत्पादनहरुमा यदि कुनै यात्रीलाई भालुले आक्रमण गरेको र विदेशमा चिकित्सा उपचार आवश्यक परेको खण्डमा थप ३८५.२९ डलर नगद भत्ता प्रदान गर्नेछ। यो बीमा कभरेज विश्वभर भालु प्रभावित स्थानमा लागू हुने कम्पनीले जनाएको छ।

Esewa
Crest

जलवायु परिवर्तन र बासस्थान परिवर्तनले भालु मानिसहरुको बसोबास भएको क्षेत्रहरुमा देखिन थालेका छन्। जापानको होक्काइडो, तोहोकु, नागानो र शिराकावा–गोजस्ता पर्यटकीय क्षेत्रमा जंगली भालुहरुको आक्रमण बढ्न थालेको छ।

ब्लु क्रसले भालुसँग जम्का भेट हुँदा यात्रुलाई नदौडिन, विस्तारै पछि हट्न र आक्रमण भएमा आफ्नो टाउको, घाँटी र पेटलाई जोगाउन सुरक्षा सल्लाह दिएको छ। यो यात्रा कभरेजलाई प्रवर्द्धन गर्न कम्पनीले स्मार्टक्लबका सदस्यलाई ६.४२ डलरबराबरको इलेक्ट्रोनिक प्रिमियम कुपन प्रदान गर्नेछ। यो कुपन ट्राभल स्मार्ट योजना र अन्य प्रोमो कोडसँग प्रयोग गर्न सकिन्छ। स्रोतः इन्स्योरेन्स एसिया

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS