IME Life New

गर्मी र उकुसमुकुसबाट राहतः ब्ल्याक+डेकरले ल्यायो अत्याधुनिक जुस एक्स्ट्रयाक्टर र ब्लेन्डर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा अहिले दैनिक कामकाज गर्न र बाहिर निस्कन निकै असहज भइरहेको छ। यस्तो अत्यधिक गर्मीमा शरीरलाई डिहाइड्रेसनबाट बचाउन र ऊर्जावान् राख्न ताजा झोलिलो पदार्थको निरन्तर आवश्यकता पर्छ। यही मौसमी आवश्यकता र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक+डेकर (BLACK+DECKER) ले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डरहरू बजारमा ल्याएको छ।

गर्मी छल्न बजारका कृत्रिम र अत्यधिक चिनीयुक्त पेय पदार्थ पिउनुभन्दा आफ्नै भान्सामा तयार पारिएको ताजा जुस सधैं स्वास्थ्यवर्द्धक हुन्छ। ग्राहकको यही दैनिक आवश्यकतालाई सहज र छिटो बनाउन ब्ल्याक+डेकरले यी प्रिमियम उपकरणहरू डिजाइन गरेको हो।

Esewa
Crest

तपाईंको समय स्वास्थ्यका लागि उपयोगी विशेषताहरू:

  • समयको बचत सहज जुस (JE800-B5): यस प्रिमियम जुसरमा ८०० वाटको शक्तिशाली मोटर जडान गरिएको छ। यसमा रहेको ७५ एमएमको ठूलो फिडिङ ट्युब (75mm XL feeding chute) ले गर्दा फलफूललाई स-साना टुक्रा नपारी सिङ्गै राखेर जुस निकाल्न मिल्छ, जसले भान्साको काम निकै छिटो र सहज बनाउँछ।
  • एक्टिभ लाइफस्टाइलका लागि (SBX300-B5): ३०० वाटको यो पर्सनल स्पोर्ट्स ब्लेन्डर विशेष गरी फिटनेस रुचाउने र व्यस्त जीवनशैली हुनेहरूका लागि हो। यसमा रहेको ५०० एमएलको ट्राइटन बोटलमै (500ml Tritan sports bottle) स्मुदी बनाएर सिधै अफिस वा जिम लैजान सकिन्छ।
  • परिवारका लागि उपयुक्त (BX650G-B5): ७०० वाटको हाई-स्पिड मोटर र १.७ लिटरको सुरक्षित ग्लास जार (1.7L Glass jar) भएको यो ब्लेन्डरले एकैपटकमा पूरै परिवारका लागि चिसो पेय तयार गर्छ।

बजार उपलब्धता भरोसा

नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल  र एलजी ब्रान्ड शप शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत यी उपकरणहरू सुलभ तरिकाले उपलब्ध गराएको छ।

ब्ल्याक+डेकरका यी उत्पादनहरूमा २४ महिना (२ वर्ष) को विस्तृत वारेन्टी रहेको छ। सिजी इलेक्ट्रोनिक्सको देशव्यापी सर्भिस नेटवर्कले बिक्री पछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दछ। बढ्दो गर्मीमा प्रशस्त पानी र ताजा जुस पिउनुका साथै आवश्यक स्वास्थ्य सतर्कता अपनाउन सिजी इलेक्ट्रोनिक्स सम्पूर्ण उपभोक्तालाई अनुरोध गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS