IME Life New

बिटक्वाइनको भाउ हालसम्मकै उच्च विन्दु, मूल्य डेढ करोड नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा पुरानो, लोकप्रिय र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनले बुधबार नयाँ रेकर्ड कायम गरेको छ। यसको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।

अहिले धेरै लगानीकर्ताले यसमा रुचि देखाइरहेका छन्। साथै, धेरै ठूला वित्तीय कम्पनीहरुले अब क्रिप्टोकरेन्सी अपनाइरहेका छन्।

Esewa
Crest

बुधबारको कारोबारका क्रममा बिटक्वाइनको मूल्य १ लाख ११ हजार ९८८.९० डलर (लगभग १ करोड ५३ लाख रुपैयाँ) पुग्यो। पछि बजार बन्द हुँदा यो १ लाख ११ २५९ डलर (लगभग १ करोड ५२ लाख रुपैयाँ) कायम भएको थियो। यसरी बिट्क्वाइनको मूल्य ०.४ प्रतिशतले बढेको छ।

यो डिजिटल मुद्रा सन् २०२५ को सुरुआतदेखि १८% भन्दा बढीले बढेको छ। यसले देखाउँछ कि मानिसले अब यसलाई बढी स्वीकार गरिरहेका छन्।

प्रोफेसनल क्यापिटल म्यानेजमेन्टका सीईओ एन्थोनी पोम्प्लियानोले लगानीकर्तालाई लेखेको पत्रमा भनेका छन्, ‘बिटक्वाइन मलाई थाहा भएको एक मात्र सम्पत्ति हो, जुन आकारमा बढ्दै जाँदा कम जोखिमपूर्ण हुँदै जान्छ। यसको अर्थ बिटक्वाइन ठूलो हुँदै जाँदा यसमा जोखिम कम हुँदै जान्छ।’

पोम्प्लियानोले थप भने, ‘जब बिटक्वाइनको बजार पूँजीकरण १००–२०० अर्ब डलर थियो तब केही अनुभवी लगानीकर्ताले मात्र यसमा लगानी गर्न सक्थे। अब जब यसको बजार मूल्य ट्रिलियन पुगेको छ, सबैजना यसमा लगानी गर्न चाहन्छन्।’

ट्रम्प प्रशासनको क्रिप्टोमैत्री नीतिले डिजिटल सम्पत्तिमा मानिसको विश्वास बढाएको छ। यस कारणले गर्दा यस क्षेत्रमा बढी पैसा आइरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS