IME Life New

विपिनले आफ्नो जन्मदिनमा खरिद गरे बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिलोत्तमा नगरपालिका–११, शिवपुर निवासी युवा ज्योतिषी तथा ओमकारेश्वर ज्योतिष तथा वास्तु सेवाका सञ्चालक ज्योतिषी विपिन भण्डारीले आफ्नो जन्मदिनको शुभ अवसरलाई विशेष बनाउँदै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो तथा आफ्नो जीवनसंगिनीको नाममा २५–२५ लाखका दरले कुल रु ५० लाख बराबरको जीवन बीमा गराएका छन् ।

भविष्यको उज्ज्वल कामना गर्दै तथा जीवनमा आइपर्न सक्ने आकस्मिक आर्थिक भारलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ उनले यो महत्वपूर्ण निर्णय लिएका हुन् । जन्मदिनलाई केवल उत्सवको रूपमा मात्र नभई परिवारको आर्थिक सुरक्षा र भविष्यको सुनिश्चिततासँग जोड्दै उनले उदाहरणीय सन्देश दिएका छन् ।

Esewa
Crest

यस अवसरमा उनले जीवन बीमा हरेक परिवारको आर्थिक सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै समयमै उचित बीमा योजना छनोट गर्न सबैलाई आग्रह गरे ।

जन्मदिनको अवसरमा गरिएको यो दूरदर्शी निर्णयले आर्थिक सुरक्षा, बचत र जिम्मेवार योजनाको महत्वलाई उजागर गर्नुका साथै समाजका अन्य युवाहरूलाई समेत भविष्यप्रति सचेत र जिम्मेवार बन्न प्रेरणा दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS