IME Life New

विनोद चाैधरीको सिजी ग्रुपले बिकाजी भुजिया बेच्ने, नेपालमै उत्पादनको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिस्पर्धी हल्दिराम इण्डिया लिमिटेडले नेपालमै उत्पादन शुरू गर्ने भएपछि अर्को भारतीय कम्पनी बिकाजी फुड्स इन्टरनेशनलले नेपालमा उत्पादन शुरू गर्न चाैधरी समूह(सिजी कर्प ग्लोबल)सँग साझेदारी गरेको छ।

बिहीबार सार्वजनिक गरिएको जानकारी अनुसार, चाैधरी समूहले बिकाजी फुड्ससँगको ५० प्रतिशत साझेदारीमा खाजा(स्न्याक्स), भुजिया, नमकीन, पापड र प्याकिङ गरिएको मिठाईहरू नेपाली बजारमा उत्पादन र बिक्री गर्नेछ।

Esewa
Crest

भारतीय मिडियाका अनुसार, विकाजी फुड्स इन्टरनेशनल लिमिटेडले नेशनल स्टक एक्सचेञ्जमा बुधबार नै नेपालमा चाैधरी समूहसँग रणनीतिक साझेदारीका लागि सञ्चालक समिति बैठकले स्वीकृति दिएको बारे जानकारी गराएको थियो।

दुई पक्षबीच साझेदारीसँगै चाँडै नै नेपालमै उद्योग स्थापना गरेर बिकाजीका उत्पादनहरू नेपाली बजारमा आपूर्ती गर्ने योजना रहेको छ।

साझेदारी पत्रमा हस्ताक्षरपछि सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले भने,”यो सहकार्यले हाम्रो स्थानीय क्षमताहरू विस्तार र सुदृढ गर्दै नेपालमा विश्व-स्तरीय खाद्य नवप्रवर्तन ल्याउने हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ।”

बिकाजी फूड्स इन्टरनेशनलका प्रबन्ध निर्देशक दीपक अग्रवालले भने”यो संयुक्त उद्यमले बिकाजीको विश्वव्यापी विकास यात्रामा एक महत्वपूर्ण कोसेढुङ्गा चिन्ह लगाउँछ र एक प्रमुख रणनीतिक बजारको रूपमा नेपालको सम्भावनामा हाम्रो बलियो विश्वासलाई बढावा दिन्छ।”

नेपालको द्रुत गतिमा बढ्दो दैनिक उपभोग्य वस्तु (एफएमसीजी) क्षेत्रले द्रूत वृद्धि देख्दा साझेदारी आएको छ। लगानी बोर्ड नेपालका अनुसार, लगभग ३ करोड जनसंख्या र बढ्दो शहरी उपभोक्ता मागको साथ, नेपालको एफएमसीजी क्षेत्र वार्षिक २० प्रतिशतको दरले बढ्दै जाने अनुमान गरिएको छ, जसको मूल्य १ अर्ब डलरभन्दा बढी छ।

बिकाजी फुड्सको भारतीय प्रतिस्पर्धी हल्दिराम्स इण्डिया लिमिटेडले वीरगञ्जमा उद्योग स्थापना गरेर उत्पादनको अन्तिम तयारी शुरू गरेपछि मूल्य प्रतिस्पर्धाका लागि बाध्य भएर सिजी समूहसँग साझेदारी गरेको हो।

हल्दिराम्सका उत्पादनहरू नेपालमा विश्वनाथ प्रसाद साह अध्यक्ष रहेको डिभी ग्रुपले आयात र वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS