IME Life New

गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछः वर्षमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन्।

पार्टी सम्बद्ध रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरीमा गरेको कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताए। यसअघि विभिन्न नियामक निकायमा स्वार्थ समूह र बिचौलियाको स्वार्थमा नियुक्ति गरेको सरकारले उनीहरुकै चाहनामा गभर्नर नियुक्त गर्न चाहेको उनको भनाइ थियो। ‘नियामकीय भूमिकामा रहनुपर्ने राष्ट्र बैंकको गभर्नरजस्तो पदमा नियुक्तिका लागि अर्बौंको आर्थिक डिल भएको समाचार सार्वजनिक सञ्चार माध्यमहरुमा आइरहेका छन्’, पुनले भने, ‘हामी सरकारलाई चेतावनीका साथ भन्न चाहन्छौँ स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंक जिम्मा लगाउने काम नहोस्।’

Esewa
Crest

नेता पुनले पैसामा खरिद गरेर गभर्नर वा नियामकीय जिम्मेवारी प्राप्त गर्नेले पनि आफू सधैँ पदमा रहिरहने नसोच्न चेतावनी दिए। ‘स्वार्थ समूहको प्रतिनिधि भएर राज्यका नियामकीय भूमिकामा नियुक्ति पाउनेहरुले सोचे हुन्छ, को कसरी नियुक्त भएको छ भन्ने सबैले हेरिरहेको छ। हामीले पनि हेरेका छौँ’, उनले भने।

पुनले राज्यका निकायहरुमार्फत अर्थतन्त्रमा कब्जा जमाउन चाहने स्वार्थ समूहले नै वर्तमान कांग्रेस–एमाले सरकार बनाएको विभिन्न घटनाक्रमले पुष्टि गरेको बताए। उनले कांग्रेस–एमाले सरकार पूर्ण रुपमा असफल भएको पनि टिप्पणी गरे। ‘दुई तिहाइको सरकार विकास निर्माण, सुशासन र जनअपेक्षामा पूर्णतः चुकेको छ’, उनले भने, ‘सोही कारण जनतामा चरम निराशा र आक्रोश बढेको छ।’

कांग्रेस–एमालेको कूशासन र अक्षमताका कारण जनतामा बढेको निराशालाई राजावादीहरुले आफ्नो स्वार्थमा उपयोग गर्न खोजेको पुनको भनाइ थियो। ‘हामीले १० वर्षसम्म लडेर गणतन्त्र र लोकतन्त्र ल्यायौं। हामीले रैतीबाट जनता बनाएका केही मानिसहरु हामी जनता हुन चाहन्नौँ। रैती भएर बाँच्न चाहन्छौँ भन्दै हिँडेका छन्’, पुनले भने, ‘सार्वभौम भइसकेका नेपाली जनता अब कसैका रैती हुन चाहँदैनन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS