IME Life New

भोटेकोशी र सुनकोशीमा आज राती अझै भिषण बाढीको चेतावनी, सतर्कता अपनाउन अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको तिब्बत प्रान्तको न्यालम क्षेत्रमा भइरहेको भारी वर्षाका कारण भोटेकोशी र सुनकोशी नदीमा अझै ठूलो बाढी आउने जोखिम रहेकाले नदी आसपासको क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपालचोकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै तिब्बती क्षेत्रमा भारी वर्षा भइरहेको जानकारी चिनियाँ अधिकारीहरूबाट प्राप्त भएकाले नदी आसपासको बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ। सूचनामा अरनिको राजमार्गको बन्देउ देखि लिपिङसम्मको क्षेत्रमा सवारी साधन चलाउँदा पूर्ण होसियारी अपनाउन समेत अनुरोध गरिएको छ।

Esewa
Crest

जिल्ला प्रशासन कार्यालय रसुवाले बाढीका कारण मंगलबार साँझसम्म भएको क्षतिको विवरण सार्वजनिक गर्दै सुरक्षाकर्मी, सर्वसाधारण र चिनियाँ नागरिकसहित २० जना बाढीमा हराई रहेको जानकारी दिएको छ। हराइरहेकाहरूमा ६ जना चिनियाँ, तीन जना प्रहरी र अन्य सर्वसाधारण तथा मजदुर छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, हराइ रहेका प्रहरीमध्ये प्रहरी सहायक निरिक्षक लालबहादुर श्रेष्ठको शव  चितवनको १५ किलो भन्ने ठाउँ नजिकै त्रिशूली नदी किनारमा फेला परेको छ।

कार्यालयले उत्तरगया गाउँपालिका वडा नम्बर ५ मा खोला किनारमा एक पुरूषको दाहिने खुट्टा फेला परेको जानकारी गराएको छ।

यसबाहेक बाढी पहिरोमा फँसेकामध्ये ४ महिला सहित ५१ जनाको सकुशल उद्धार गरिएको जानकारी रसुवा प्रशासनले दिएको छ।

भीषण बाढीका कारण नेपाल चीन सीमा जोड्ने मितेरी पुल बगाउँदा उत्तरी नाकाको सडक सम्पर्क टुटेको छ। स्याफ्रुवेशी रसुवागढी सडक खण्ड बाढीले पूर्णरूपमा क्षति भएको छ। रसुवागढी जलविद्युत आयोजनाको बाँधमा सामान्य क्षति पुगेको छ।

रसुवा भन्सार कार्यालय परिसरमा पार्किङ गरिएको २३ वटा कन्टेनर ट्रकसहितको सामान, ३५ वटा इभी र ६ वटा सिनो ट्रक बाढीले बगाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS