काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी नदीमा फेरि बाढीको सम्भावित जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
प्रहरीले आज एक सूचना जारी गर्दै रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथि तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ताल बनेको जनाएको छ। ‘उक्त तालको प्राकृतिक बाँध फुटी पुनः ठूलो बाढी आउन सक्ने जोखिम अझै कायम रहेको छ’, सूचनामा भनिएको छ।
त्यसैले तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन तथा उच्च सावधानीका साथ रहन प्रहरीले अनुरोध गरेको छ।












