IME Life New

निःशुल्क शेयर दिने सहमति नभएको भोटेकोशी पावर कम्पनीको स्पष्टोक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी पावर कम्पनीले निःशुल्क शेयर दिने सहमति नभएको स्पष्ट पारेको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। ‘असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीयको प्रतिनिधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्रालिबीच निःशुल्क शेयर दिने गरी सहमति भएको भन्नेबारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको छ, यस समाचारमा कम्पनीको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सर्वप्रथम त दुवै कम्पनीबीच निःशुल्क शेयर लिने दिने सहमति नभएको स्पष्ट पार्न चाहन्छौँ ।’

Esewa
Crest

भोटेकोशी जेनजी पब्लिकले भोटेकोशी पावरको १० प्रतिशत शेयरका लागि आवेदन दिन अगाडि जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उपरोक्त कम्पनीको शेयरधनी बनाइसकेको हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ। ‘त्यसपछि भोटेकोशी पावरले प्रतिशेयर बराबर अंकित मूल्य रु १०० रहेको शेयर १० प्रतिशतमात्र उल्लेखित कम्पनीलाई बिक्री गर्ने र सो कम्पनीले उल्लेखित शेयर खरिद गर्नका लागि चाहिने ऋण बैंकबाट लिने र ऋणका लागि भोटेकोशी पावरले जमानी मात्रको व्यवस्था मिलाउने सहमति भएको स्पष्ट पार्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ।

निर्माण सम्पन्न भइसकेको आयोजना भएकोले भोटेकोसी पावरले वार्षिक रुपमा वितरण गर्ने लाभांशबाट १० प्रतिशत शेयरबापत उक्त कम्पनीले पाउने रकम सोही कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएकोले यसलाई निःशुल्क शेयर दिने गरी सहमति भएको भन्ने भ्रममा नपर्न सम्पूर्ण सञ्चारमाध्यम लगायत सरोकारवाला निकायलाई स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS