IME Life New

भोटेकोशीमा बाढी बढेपछि सतर्क रहन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आइतबार बिहानैदेखि पुनः बाढी बढेपछि सतर्क रहन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप केही बढेको सूचना प्राप्त भएकोले रसुवा, नुवाकोट, धादिंङ, चितवनलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवं अन्य सम्बन्धित सबैमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

Esewa
Crest

यसैगरी बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा ३ मिटर बढेको जनाएको छ। रसुवाको भोटेकोशी नदीबाट आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको हो।

गत भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परेकाहरुको खोज तथा उद्धार कार्य चलिरहेका बेला पुनः बाढी बढेपछि सबैलाई सतर्क रहन भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS