IME Life New

महासंघको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित, यस्तो बन्यो कार्यसमिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महाघंसको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित भएका छन्।

महासंघको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले सापकोटालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। काठमाडौंमा दुई दिनसम्म चलेको उक्त महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

Esewa
Crest

यसैगरी महासंघको उपाध्यक्षमा खुलातर्फ सुवर्ण श्रेष्ठ चयन भएकी छन् भने महिलातर्फ शोभा गुरुङसर्वसम्मत रूपमा चयन भएकी छन्। महासंघको महासचिवमा बालकृष्ण शिवाकोटी चयन हुँदा उपमहासचिवमा डिमप्रसाद पौडेल चुनिएका छन्।

यस्तै सचिवहरुमा गोपाल खनाल, रामराजा श्रेष्ठ, डोलनाथ खनाल र सरोज यादव चयन भएका छन्। महासंघको तीन आयोगमा लेखातर्फ राजकुमार तिमिल्सिना, निर्वाचनतर्फ टंक राउत र अनुशासनतर्फ बालाराम भट्टराई चयन भएका छन्। महाधिवेशनले क्षेत्रगत रुपमा ९९ सदस्य केन्द्रीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ।

नवनिर्वाचित अध्यक्ष सापकोटाले महासंघमा नेतृत्व सम्हालनेसँगै देशभरका सम्पूर्ण उद्योग व्यवसायीको हकहितमा काम गर्ने बताए। ‘नेपाल उद्योग तथा व्यवसायी महासंघलाई साना, घरेलु देखि मझौला तथा ठूलो उद्योगी व्यवसायीको प्रतिनिधित्व हुने गरी छाता संगठनको रुपमा अझ सशक्त ढंगले अघि बढाउने छौँ’, उनले भने, ‘अहिले धेरै उद्योगी व्यवसायीहरु समस्यामा परेका छन्। उनीहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

महासंघले अहिले पनि साना तथा मझौला उद्योगी–व्यवसायीको हकहितमा काम गरिरहेको जानकारी दिँदै सापकोटाले आगामी दिनमा सबै उद्योगी व्यवसायीले अपनत्व गर्न सक्ने महासंघ बनाउने प्रतिबद्धता व्यक्त गरे। अहिले नेपालको व्यावसायिक जगत इतिहासमै जटिल र अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको भन्दै सरकारले ‘ईन्टरप्राईजेज अक्सिजन कार्यक्रम’ कार्यक्रम ल्याउनुपर्ने समेत उनको धारणा छ। ‘विश्वव्यापी रुपमा आएको कोरोना महामारी र त्यस पछिको रुस युक्रेन युद्धजस्ता बाह्य परिस्थितिबाट सिर्जित समस्याका कारण लामो समयदेखि समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको नेपालको व्यावसायिक जगतले आगामी दिनमा जटिल अवस्था भोग्न नपरोस भन्ने हाम्रो धारणा छ,’ उनले भने, ‘यस्तो अवस्थाबाट गुज्रिरहेको साना, मझौला र ठूला व्यवसायीलाई भर्खरै मात्र जारी भएको अध्यादेशले केही हदसम्म मलम लगाउने काम भएको छ। तर, यो क्षेत्रलाई पुनः व्युताउँदै उत्साहित गराउन र सहज तरिकाले हिडाउन एउटा गतिलो कार्यक्रम सरकारले ल्याउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS