काठमाडौं । यदि तपाइँ जीमेल, फेसबुक, नेटफ्लिक्स, इन्स्टग्राम आदि प्रयोग गर्नुहुन्छ भने यो तपाइँका लागि महत्वपूर्ण खबर हो। हालै १४ करोड ९० लाख युनिक आईडी लगइन र पासवर्ड लिक भएको घटना सार्वजनिक भउको छ। वायर्डका अनुसर यी डाटा कुनै सुरक्षा वा पासवर्ड बिना उपलब्ध छ।
प्रख्यात सुरक्षा विश्लेषक जेरेमिया फाउलरले यो डाटाबेस पत्ता लगाए। फाउलरका अनुसार यी लिक गरिएका रेकर्ड लगभग हरेक प्रमुख अनलाइन प्लेटफर्मसँग जोडिएका छन्।
यी एपको डाटा लिक
लिक भएका पासवर्डबाट प्रभावित एपहरुके सूचीमा फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स (पहिले ट्विटर) र केही डेटिङ एप समावेश छन्। यस लिकमा नेटफ्लिक्स, एचबीओ म्याक्स, डिज्नी प्लस र रोब्लोक्ससहित स्ट्रिमिङ र मनोरञ्जन एप पनि समावेश छन्।
ई–मेल अकाउन्टः फाउलरका अनुसार लगभग ४ करोड ८० लाख जीमेल अकाउन्ट, ४० लाख याहु अकाउन्ट र १५ लाख आउटलुक अकाउन्टबाट डाटा लिक भएको छ।
सामाजिक सञ्जालः १ करोड ७० लाख फेसबुक अकाउन्ट, ६५ लाख इन्स्टाग्राम अकाउन्ट र ७ लाख ८० हजार टिकटक अकाउन्टको विवरण पनि लिक भएको छ।
मनोरञ्जनः यस खण्डमा लगभग ३४ लाख नेटफ्लिक्स अकाउन्टको लगइन र पासवर्ड लिक भएका छन्। यसमा डिज्नी प्लस र अन्य नाम पनि समावेश छन्।
वित्तीय र सरकारी अकाउन्टको सूचीमा ४ लाख २० हजार लगइन विवरण र पासवर्ड समावेश छन्।
यो डाटाबेस कसरी लिक भयो ?
फाउलरका अनुसार यो डाटाबेस इन्फोस्टेलर नामक मालवेयरद्वारा सिर्जना गरिएको हो। जुन एक प्रकारको खतरनाक सफ्टवेयर हो। जसले चुपचाप लगइन र विवरण चोर्न र डिभाइसलाई नोक्सानी गर्न डिजाइन गरिएको हो।
फाउलरले आफ्नो रिपोर्टमा भनेका छन्, ‘जब पनि डाटा संकलन वा चोरी गरिन्छ तब यसलाई कतै स्टोरेज गर्न आवश्यक छ। क्लाउडमा डाटा स्टोरेज गर्नु उत्तम विकल्प मानिन्छ। यो अनुसन्धानले देखाउँछ कि साइबर ह्याकरहरुले पनि डेटा चोरी गर्छन्।’
डाटा र चुहावट कसरी जोगाउने ?
डाटा वा पासवर्ड चुहावटबाट आफ्नो अकाउन्टलाई कसरी जोगाउने? यसका लागि केही विशेष उपाय प्रयोग गर्न सकिन्छ।
- फरक पासवर्ड राख्नुहोस् ।
- फरक प्लेटफर्महरुका लागि फरक पासवडरू प्रयोग गर्नुहोस्। पासवर्ड बनाउँदा कम्तीमा १२–१६ वर्ण प्रयोग गर्नुहोस्।
- टु स्टेप भेरिफिकेसन प्रयोग गर्नुहोस्।
प्रायः सबै प्लेटफर्मले टु स्टेप भेरिफिकेसन प्रदान गर्छन्। यसमा तपाइँको मोबाइल नम्बर वा जीमेलमा ओटीपी पठाउनु समावेश छ।












