IME Life New

सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट, तपाइँलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आइपीओ आज असार ११ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो।

सर्वोत्तम पेन्ट्सको आइपीओ गते जेठ २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५ हजार ५०० कित्ता शेयर बिक्री खुला गरिएको थियो। यो आइपीओमा २८ लाख ९४ हजार २३२ आवेदकबट कुल ३ करोड १० लाख ३३ हजार १८० कित्ता शेयर माग भएको थियो। जसमा २८ लाख ५० हजार २५ आवेदकबाट माग भएको ३ करोड ५ लाख २७ हजार ५४० कित्ता शेयर सदर भएको थियो। जसअनुसार ४४ हजार २०७ आवेदकबाट माग भएको ५ लाख ५ हजार ६४० कित्ता शेयर बदर भएको छ।

Esewa
Crest

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ७० हजार ५५० जनाले १० कित्ताका दरले शेयर पाएका छन्।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS