IME Life New

बी एण्ड बी टेक ग्रुपद्वारा ‘तिम्रो टिकट’ नामक ई–टिकेटिङ मोबाइल एप सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बी एण्ड बी टेक ग्रुपले ‘तिम्रो टिकट’ नामक ई–टिकेटिङ मोबाइल एप सार्वजनिक गरेको छ। सोही अवसरमा कम्पनीका फुल–स्ट्याक डेभलपर आश्विन सुनारले ‘तिम्रो टिकट’ एपका विशेषताहरू र यसको प्रयोगकर्ता–मैत्री डिजाइनबारे जानकारी दिएका थिए।

उनका अनुसार यो एपले विभिन्न सांगीतिक कन्सर्ट, खेलकुद प्रतियोगिता, सांस्कृतिक गतिविधि तथा सार्वजनिक कार्यक्रमहरूको टिकट खरिद र व्यवस्थापन प्रक्रियालाई डिजिटल, सुरक्षित र सहज बनाउनेछ।

Esewa
Crest

नेपालमा डिजिटल टिकटिङ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको यो एपले इभेन्ट व्यवस्थापन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। समग्रमा, बी एण्ड बी टेक ग्रुप र यसका साझेदार संस्थाहरूको यो कदमले नेपालको प्रविधि र सिर्जनात्मक उद्योगको विकासमा दूरगामी प्रभाव पार्ने आयोजकले जनाएका छन्।

सन् २०१८ मा विद्यालयकालीन साथीहरू डा. विकाश लम्साल र इन्जिनियर बिमल कुमार केसीद्वारा स्थापना गरिएको यस कम्पनीले सन् २०२२ मा ‘बी एण्ड बी टेक ग्रुप’को रूपमा पुनःब्रान्डिङ गरे यता निरन्तर विस्तार गर्दै आइरहेको छ ।

प्रविधि अनुसन्धान तथा विकासमा सक्रिय यस ग्रुपले जापानका प्रतिष्ठित संस्थाहरू काजिमा कर्पोरेशन, एनएआईटी कर्पोरेशन तथा आईबीएमसँगको सहकार्यमार्फत अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो बलियो उपस्थिति जनाइसकेको छ।

कार्यक्रममा बी एण्ड बी टेक ग्रुपसँगै बी एण्ड बी टेक्निकल रिसर्च इन्स्टिच्युट, फिस्टेल एकेडेमी ब्रिज तथा हाकिम इन्टरटेन्मेन्टबीचको रणनीतिक सहकार्यको समेत औपचारिक घोषणा गरिएको छ ।

प्रविधि, अनुसन्धान, शिक्षा, सीप विकास र मनोरञ्जन क्षेत्रलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ यी संस्थाहरूले नेपालमा नवीन अवसरहरू सिर्जना गर्ने लक्ष्य लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS