IME Life New

काठमाडाैंको नारायणहिटी दरबार मार्गमा निषेधित क्षेत्र घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै नारायणहिटी दरबार परिसर आसपास र दरबार मार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जेठ १७ गतेदेखि लागू हुने गरी असार २४ गतेसम्मका लागि केशर महल चोकदेखि नारायणहिटी दरबार संग्राहलय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र  महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहलय दक्षिण गेटसम्म निषेधाज्ञा जारी गरेको हो।

Esewa
Crest

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा साबिकको निषेध क्षेत्र घोषणालाई निरन्तरता सहित थप क्षेत्रमा पाँच जना वा सोभन्दा बढी मानिस भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन र नाराबाजीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयले यसअघि बैशाख २४ गतेदेखि नै सिंहदरबार, अनामनगर, माइतीघर, संघीय संसद भवन बानेश्वर र तीनकुनेमा प्रदर्शन, भेलामा रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS