IME Life New

राष्ट्र बैंकले तान्न खोजेको भन्दा डेढ गुणा बढी बैंकहरुले दिन खोजे पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ। अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट पैसा तानिरहेको छ।

केन्द्रीय बैंकले आज असार १ गते फेरि बैंकिङ प्रणालीबाट एकैपटक ४० अर्ब रुपैयाँ तान्नका लागि बोलकबोल गर्यो। यो ४२ दिनका लागि रहेको छ।

Esewa
Crest

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले भने ६६ अर्ब २५ करोड रुपैयाँको बोलकबोल गरे। जुन राष्ट्र बैंकले तान्न खोजेको रकमभन्दा १.६५ गुणा अर्थात डेढ गुणा बढी हो।

आज २७ वटा बैंक तथा वित्तीय संस्थाले ४३ वटा बोलकबोलबाट उक्त रकमबराबरको आवेदन दिएका हुन्। बोलकबोलमार्फत राष्ट्र बैंकले भने ४० अर्ब रुपैयाँमात्रै खिचेको छ। जसको औसत ब्याजदर २.९ प्रतिशत कायम भएको छ।

अब बैंकले साउन ११ गते आफूले राखेको रकम २.९ प्रतिशत ब्याज थपेर राष्ट्र बैंकबाट फिर्ता पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS