IME Life New

बैंकहरुको रु. २ खर्ब ६८ अर्ब राष्ट्र बैंकमा, सस्तो ब्याजमै पैसा राख्न बाध्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाबाट तरलता तानिरहेको हो। आज पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्न लागेको छ। यसका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ।

Esewa
Crest

गत जेठ २१ गते बोलकबोलयताको रकम परिपक्व हुन बाँकी छ। उक्त मितियता आजसम्म केन्द्रीय बैंकले ६ पटक बैंक तथा वित्तीय संस्थाबाट पैसा तानेको छ।

गत जेठ २१ गतेदेखि असार ४ गतेसम्म ५ पटक बोलकबोल गरी राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट तानेको छ। यी ५ पटकमा केन्द्रीय बैंकले भने २ खर्ब ३५ अर्ब रुपैयाँ तान्न खोजेको थियो। तर, बैंकले २ खर्ब १२ अर्ब ३० करोड रुपैयाँमात्र दिए।

आज बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ तान्न खोजेको थियो। यसको बोलकबोलमा बैंक तथा वित्तीय संस्थाले ५६ अर्ब २० रुपैयाँ राष्ट्र बैंकमा राख्न सहमत भएका छन्।

त्यसैले आजको सहित २ खर्ब ६८ अर्ब रुपैयाँ बढी रकम राष्ट्र बैंक रहने देखिन्छ। यो रकममा बैंक तथा वित्तीय संस्थाले भने औसतमा ३ प्रतिशतभन्दा कम नै ब्याज पाउनेछन्।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढे पनि कर्जा विस्तारले गति पाउन सकेको छैन। जसका कारण बैंकहरु सस्तो ब्याजमै राष्ट्र बैंकमा पैसा राख्न बाध्य भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS