काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाका लागि ब्याजदर घटाएका छन्।
बैंकहरुले प्रकाशन गरेको सूचनाअनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर थप घटाएका छन्। हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये चैतका लागि मुद्दति निक्षेपको अधिकतम ९ वटाले घटाएका छन् भने ११ वटा स्थिर राखेका छन्।
अधिकांश बैंकको व्यापार ५ प्रतिशतभन्दा तल आएको छ। व्यक्तिगत मुद्दति निक्षेपमा एनएम बैंक र एनआईसी एसिया बैंकले सर्वाधिक ५ प्रतिशत दिँदा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको २.७५ प्रतिशत रहेको छ।
वाणिज्य बैंकहरुको औसत ब्याजदर ४.३२ प्रतिशतमा झरेको छ।
कुन बैंकको ब्याजदर कति ?













