IME Life New

बैंकहरुलाई सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीयका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै बैंकहरुलाई सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्न निर्देशन दिएको हो। यसअघिको निर्देशनमा सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको विवरण बैंकहरुलाई आफ्नो वेबसाइटमार्फत त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको थियो।

Esewa
Crest

अर्थ मन्त्रालयले केही दिनअघि सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ जारी गरेको थियो। सोही कार्यविधिबमोजिम कर्जामा नेपाल सरकारबाट प्राप्त गरिएको अनुदान रकम राष्ट्र बैंकले गराउनेछ।

उक्त कार्यविधिबमोजिम कर्जा प्रवाह गरी नेपाल सरकारबाट पाउनुपर्ने ब्याज अनुदानबापतको रकमलाई पुँजी कोष अनुपात गणना प्रयोजनका लागि सरकार माथिको दाबीसरह शून्य प्रतिशत जोखिमभार प्रदान गर्न सकिने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS