IME Life New

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन आग्रह गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी कार्यदललाई सरोकारवाला निकाय तथा व्यक्तिले आफ्नो अनुभव र विज्ञताका आधारमा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। सुझाव कार्यदलको ई–मेल भ्mबष्स् िाकचचत२लचद।यचन।लउ मा असार ११ गतेसम्म उपलब्ध गराउन सकिने सूचनामा उल्लेख छ।

Esewa
Crest

राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार सुदृढीकरणका लागि सुझाव दिन डा रेवतबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको सदस्यमा भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्यसचिव रहेका छन्।

कार्यदललाई सुझाव पेस गर्न एक महिनाको समयावधि दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS