IME Life New

बढ्दो निष्क्रिय कर्जा झनै चुलिने चिन्तामा बैंकर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही वर्षयता बढ्दो क्रममा रहेको निष्क्रिय कर्जा झनै बढ्ने चिन्तामा बैंकरहरु देखिएका छन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसामा बदलिँदा निजी तथा सरकारी दुवै क्षेत्रलाई गम्भीर असर पुगेको छ। जसले गर्दा बैंकहरुको ऋण असुली प्रभावित भई निष्क्रिय कर्जा बढ्न थालेको बैंकरहरु बताउँछन्।

Esewa
Crest

यसअघि केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा ४.४४ प्रतिशत पुगेको छ। जेनजी आन्दोलनको असर क्रमशः देखिन सुरु भइसकेको बैंकरहरु बताउँछन्।

केन्द्रीय बैंकले आन्दोलनको असर कम गर्नका लागि निजी क्षेत्रलाई विभिन्न सुविधा दिएपनि बैंकहरुलाई खासै दिएको छैन। जसले गर्दा बैंकहरु समस्यामाथि झन् समस्याको चाङमा रहनुपरेको एक बैंकरले गुनासो गरे।

ऋण असुली प्रभावित भएपछि नाफामा पनि संकुचन व्यहोर्नुपरेको अर्का एक बैंकरले बताए। ती बैंकरका अनुसार अहिले कर्जाको मागसमेत छैन। जसले गर्दा बैंकमा थुप्रिएको निक्षेपको लागत समेत बढ्न पुगेको छ।

गत वर्षदेखि नै प्रभावित हुँदै आएको बैंकहरुको ऋण असुलीलाई कम गर्न राष्ट्र बैंकले असल वर्गमा रहेको कर्जाको नोक्सानी घटाउँदै १ प्रतिशतमा ल्याएको छ। तैपनि ऋण असुलीमा बढेको समस्याले बैंकहरुको नाफा खुम्चिन पुगेको हो।

यता बैंकरहरु कर्जा असुलीका लागि जाँदा बैंकका कर्मचारीले आक्रमण भोग्नु परिरहेको, स्थानीय तहले आवश्यक सहयोग नगरेको र सरकारले समेत बैंकिङ क्षेत्रका कर्मचारीको सुरक्षाको प्रत्याभूति नगरेको गुनासो गर्दै आएका छन्। जसका कारण असुलीमा समस्या भएको उनीहरुको भनाइ छ।

अहिले आन्दोलनपछि त सरकारदेखि सुरक्षासम्म सबै अस्तव्यस्त जस्तो रहेकाले झनै समस्या भएको उनीहरु बताउँछन्।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको छ। निष्क्रिय कर्जा घट्नेभन्दा पनि बढ्ने दिशामा अगाडि लागिरहेको छ। जसले बैंकहरुलाई चुनौती थपिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS