IME Life New

ब्याजदर घटाएरै भए पनि शेयर र रियल स्टेटमा ऋण दिने बैंकरहरुको रणनीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ब्याजदर घटाएरै भएपनि शेयर र रियल स्टेटमा ऋण दिने बैंकरहरुले रणनीति बनाउन थालेका छन्।

बैंकिङ प्रणालीमा तरलता अधिक हुँदा बैंकहरुले ब्याजदर सस्तो गरेर ऋण विस्तार गर्न प्रतिस्पर्धा गर्न थालेका छन्। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७६ प्रतिशतमा झरेपछि बैंकहरु सस्तो ब्याजदरमा ऋण दिन प्रतिस्पर्धामा उत्रिएका छन्। यसको प्रत्यक्ष लाभ शेयर बजार र रियल स्टेट क्षेत्रमा पुगेको छ।

Esewa
Crest

अहिले बैंकहरुले शेयर धितो कर्जा ६–७ प्रतिशत ब्याजदरमै दिँदै आएका छन्। लगानीकर्ताहरुका अनुसार बैंकहरुले औपचारिक स्किम सार्वजनिक नगरे पनि स्थिर ब्याजदरमै शेयर कर्जा दिन आक्रामक प्रस्ताव अघि सारिरहेका छन्। जसका कारण शेयर बजारमा लगानी गर्नका लागि शेयर धितो कर्जाको माग बैंकमा बढ्दो क्रममा छ।

गत वर्ष ११ महिनामै शेयर धितो कर्जा ३५ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। यस्तो कर्जा वृद्धि अझै बढ्दै जाने लगानीकर्ता र बैंकरहरुको बुझाइ छ।

रियल स्टेट क्षेत्रमा पनि उस्तै माहोल देखिएको छ। बैंकहरुले ६ प्रतिशत हाराहारीमा घरजग्गा कर्जाको स्थिर ब्याजदर स्किम ल्याएका छन्।

यसबीच राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जाको जोखिमभार घटाएर १०० प्रतिशतमा ल्याएको छ। व्यक्तिगत कर्जा सीमा २५ करोड रुपैयाँसम्म पुर्याइएको छ भने संस्थागत लगानीकर्ताका लागि कुनै सीमा तोकिएको छैन। यसले थप लगानी प्रवाहलाई प्रोत्साहन गरेको देखिन्छ।

बैंकरहरुले तरलता बढाएर लागत बढाउनुभन्दा लाभ हुने क्षेत्रतर्फ दिनु नै उत्तम ठान्न थालेका छन्। त्यसैले उनीहरु शेयर धितो कर्जा र रियल स्टेटतर्फ कर्जा विस्तार गर्न आक्रामक देखिएका छन्।

नेपालको बैंकिङ प्रणालीमा अहिले साढे ९ खर्ब रुपैयाँ बराबरको लगानीयोग्य रकम थुप्रिएको छ। मुद्रास्फीतिसमेत न्यून रहेकाले नीति निर्माताले ब्याजदर घटाएर लगानी प्रवाहलाई सहज बनाउने रणनीति लिएका छन्।

राष्ट्र बैंकले गैरबैंकिङका लागि छुट्याएको रेगुलेटरी रिजर्भलाई २ वर्षसम्म पुँजीकोषमा गणना गर्न दिएर लगानी गर्न प्रोत्साहन गरेको छ। साथै, पुँजीकोष दबाब रहेका संस्थाहरुलाई हकप्रद शेयर दिने भएसँगै सस्तो ब्याजदरमा शेयर कर्जा दिइरहेको बैंकरहरु बताउँछन्।

कृषि विकास बैंकले न्यूनतम ५.८४ प्रतिशतदेखि अधिकतम ८.३४ प्रतिशतसम्म ब्याजदरमा मार्जिन लेन्डिङ कर्जा दिँदै आएको छ। एभरेस्ट बैंकले ६.२७ प्रतिशतदेखि ८.२७ प्रतिशतसम्ममा शेयर कर्जा दिइरहेको छ। राष्ट्रिय वाणिज्य बैंकले ६.३ देखि ६.८ प्रतिशतसम्म, सिद्धार्थ बैंकले ६.३४ देखि ९.५९ प्रतिशतसम्म र सिटिजन्स बैंकले ६.३५ देखि ९.३५ प्रतिशतसम्म ब्याजदरमा शेयर कर्जा दिँदै आएको छ।

कुनको कति ब्याजदर ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS