IME Life New

बैंक कर्मचारी राहातः आफ्नै मुख्य चाडमा पर्व भत्ता, अघिल्लो दिनसम्म नियुक्त भएकाले पनि पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई राहात दिने व्यवस्था गर्न लागेको छ।

केन्द्रीय बैंकले बंक तथा वित्तीय संस्थाका लागि नमुनाका रुपमा जारी गरेको कर्मचारी सेवा विनियमावलीमा संशोधन गर्दै राहात दिने व्यवस्था गर्न लागेको हो। संशोधित विनियमावलीको मस्यौदामा बैंकका कर्मचारीहरुले पाउने चाडपर्व भत्तामा राहात दिने व्यवस्था गरिएको छ।

Esewa
Crest

मस्यौदामा अब बैंकका प्रत्येक कर्मचारीले आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि खाइपाइ आएको एक महिनाको तलब भत्ताबराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रुपमा पाउने प्रस्ताव गरिएको छ।

यसैगरी यस्तो चाडपर्व खर्च एक आर्थिक वर्षमा एकपटक आफ्नो धर्म, संस्कृति, परम्पराअनुसार मनाइने मुखय चाडपर्वका अवसरमा भुक्तानी लिन कर्मचारीले लिखित रुपमा अनुरोध गर्न सकिने प्रस्ताव मस्यौदामा गरिएको छ। त्यस्तो अनुरोध नगरेको अवस्थामा मात्रै प्रत्येक वर्षको बडादसैँमा चाडपर्व सुविधा भुक्तानी पाउने प्रस्ताव संशोधित विनियमावलीमा गरिएको छ।

मस्यौदामा अघिल्लो दिनसम्म नियुक्त भएका तथा कार्यरत कर्मचारीलाई पूरा तलब भत्ता प्रदान गरिने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। यो व्यवस्थाले नियुक्ति भएको कम्तीमा ६ महिना वा ३ महिना गरेपछि मात्रै चाडपर्व भत्ता पाउने पाउने व्यवस्थाको अन्त्य हुनेछ।

त्यस्तै आफ्नो चाडपर्वका बेला काम गर्ने कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले पाउने तलबभत्ताको दोब्बर भुक्तानी गर्नुपर्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ।

यी ३ वटै व्यवस्था हालको विनियमावलीमा छैन।

यसअघि राष्ट्र बैंक हालको व्यवस्था परिमार्जन गर्दै बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई ओभरटाइम काम गरेबापत अतिरिक्त भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरिसकेको छ। यसैगरी बैंक तथा वित्तीय संस्थाले कोही कर्मचारीलाई बिना सहमति ओभरटाइम काम गर्न लगाउन नपाउने व्यवस्था छ।

यद्यपि, व्यवस्थापकीय श्रेणीका कर्मचारीले बढी समय काम गरेबापत ओभरटाइम भत्ता पाउने व्यवस्था भने राष्ट्र बैंकले गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS