IME Life New

बैंक कर्मचारीलाई राजनीतिमा लाग्न निषेध, प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक कर्मचारीलाई अनुशासित ढंगले कार्यपालनामा लगाउन राजनीतिमा लाग्न निषेध गर्नेदेखि लिएर प्रदर्शन र हड्तालमा उत्रिन प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ।

केन्द्रीय बैंकले नमुनाका रुपमा जारी गरिएको कर्मचारी सेवा विनियमावलीमा संशोधन गर्दै ल्याएको मस्यौदामा बैंक कर्मचारीलाई राजनीतिक क्रियाकलापमा संलग्न हुनबाट रोक्न विभिन्न प्रावधान ल्याउने प्रस्ताव गरेको हो। कर्मचारीले राजनीतिक दलको सदस्य बन्न वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार हुन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारले प्रभाव पार्न नपाउने प्रस्ताव मस्यौदामा राष्ट्र बैंकले राखेको छ। तर, प्रचलित कानुनबमोजिम आफूले पाएको संगठन दर्ता गर्न तथा मतदान गर्ने अधिकार प्रयोग गर्न तथा पेसागत संगठन (जस्तै नेपाल बार एसोसिएसन, नेपाल मेडिकल एसोसिएसन, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, नेपाल व्यवस्थापन संघ, नेपाल प्राध्यापक संघ आदि) मा प्रतिनिधित्व गर्न कुन बाधा नपुग्ने मस्यौदामा प्रस्ट पारिएको छ।

Esewa
Crest

यसैगरी प्रचलित कानुनबमोजिम आफ्नो हक–अधिकारको प्रयोग गर्नेबाहेक कर्मचारीले देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति–सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक मस्र्यादा, अदालतको निर्णयको अवहेलना र कुनै अपराधलाई प्रश्रय हुने गरी प्रदर्शन गर्न, हडतालमा भाग लिन वा सो कार्य गर्न वा सोका लागि अरुलाई उक्साउनसमेत नपाउने प्रस्ताव राष्ट्र बैंकले मस्यौदामा गरेको छ।

बैंक कर्मचारीले निषेधित र प्रतिबन्धित कार्य गरेको वा संलग्न भएको पाइएमा अनुशासनको कारबाही हुने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS