IME Life New

बंगलादेश नोभो एयरः उत्कृष्ट वायुसेवा कम्पनीको दुःखद् अवसान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको निजी क्षेत्र प्रवर्द्धित वायुसेवा कम्पनी यती एयरलाइन्सलाई जहाज बेचेको बंगलादेशी कम्पनी नोभो एयरले शुक्रबारदेखि औपचारिक रुपमा आफ्ना सबै उडान सेवा बन्द गरेको छ।

द डेली स्टारका अनुसार शुक्रबार राति यस कुराको पुष्टि गर्दै नोभोएयरका एक अधिकारीले भने, ‘आजदेखि नोभोएयरको उडान सञ्चालन अस्थायी रुपमा निलम्बन गरिएको छ।’

Esewa
Crest

नाम नछाप्ने सर्तमा ती अधिकारीले भनेका छन्, ‘हामी हाम्रा विमान बेच्ने प्रयास गरिरहेका छौँ। एक विदेशी पक्ष निरिक्षणको लागि आउँदैछ। त्यसैले अहिलेका लागि उडान सञ्चालन स्थगित गरिएको छ।’

यात्रु संख्या घट्दै जाँदा विस्तारै आर्थिक संकटमा फस्दै गएको यो वायुसेवा कम्पनीले विमान बिक्रीको घोषणा गरेको थियो। विमान बिक्रीमा राखिएपछि कम्पनी बन्द हुन लागेको हल्ला चिर्नका लागि यसका मालिकले एयर बसमार्फत क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्न लागेको भन्दै ढाँटेका थिए। सन् २०२२ मै उनले अन्तर्राष्ट्रिय उडान भर्नका लागि एयरबस खरिद गर्ने भन्दै स्थानीय मिडियाहरुमा अन्तर्वार्ता दिए पनि अन्ततः यो वायुसेवा कम्पनी बन्द हुने संघारमा पुग्यो।

बंगलादेशी वायुसेवा व्यवसायीका अनुसार पदमा नदीमा विशाल पुलको निर्माणसँगै आन्तरिक यात्राको अवधि छोट्टिएपछि घरेलु बजारमा हवाई यात्रुको संख्या खुम्चिँदै गएको छ। यसबाहेक हालैको राजनीतिक संकट र हिंसात्मक आन्दोलनका कारण पर्यटक आगमनमा नकारात्मक असरले पनि वायुसेवा कम्पनीलाई थप चुनौती थपेको छ।

नोभोएयर बन्द हुने हल्ला धेरै समयदेखि फैलिरहेको थियो। किनकि एयरलाइन्स लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको थियो। अप्रिल १९ देखि एयरलाइन्सले नयाँ टिकट बुकिङ पनि बन्द गरेको थियो।

नोभोएयरले आफ्नो व्यवसाय बन्द गर्ने कुरा लगभग २ वर्षदेखि चलिरहेको छ। जनवरी २०२४ को अन्त्यमा नोभोएयरले यती एयरलाइन्सलाई २ एटीआर ७२–५०० विमान बेचेको थियो। यती एयरलाइन्सले खरिद गरेको यी दुवै विमान २०२४ फेब्रुअरी १ मा सुपुर्दगी लिएको थियो। ती विमान बिक्री भएपछि नोभो एयरलाइन्ससँग अब ५ वटा विमान बाँकी छन्। तर, यी सबै विमान १५ वर्षभन्दा पुराना भइसकेकाले यती एयरलाइन्सले नेपालको वायुसेवासम्बन्धी विद्यमान प्रावधानका कारण खरिद गरेर नेपाली आकाशमा उडान भर्न पाउँदैन।

नोभोएयरले सन् २०१३ जनवरी ९ मा ढाका–चट्टोग्राम रुटबाट उडान सेवा सुरु गरेको थियो। १२ वर्षको अवधिमा यसले १ लाखभन्दा बढी उडानमार्फत ७५ लाखभन्दा बढी यात्रुलाई सेवा दिएको थियो।

पाक्षिक यात्रा पत्रिका द बंगलादेश मनिटरका अनुसार नोभोएयरलाई सन् २०१४ र २०१९ मा ‘सर्वश्रेष्ठ घरेलु वायुसेवा’ र सन् २०२२ र २०२३ मा ‘सर्वश्रेष्ठ अन–टाइम पर्फर्मेन्स एयरलाइन’ प्रदान गरिएको थियो।

हालै नोभोएयरले ढाकाबाट चट्टोग्राम, कोक्स बजार, सिल्हेट, जशोर, सैयदपुर र राजशाहीको घरेलु रुटमा दैनिक उडान सञ्चालन गरेको थियो।

नोभोएयरले सन् २०१६ डिसेम्बरमा ढाका–कोलकाता रुटमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। सन् २०२० मा कोभिड–१९ महामारीको समयमा यस रुटमा उडान केही समयका लागि निलम्बित गरिएको थियो। पछि सञ्चालन पुनः सुरु भयो। तर सन् २०२४ सेप्टेम्बर १६ मा एयरलाइन्सले फेरि यस रुटमा उडान स्थगित गर्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS