IME Life New

बंगलादेशः निर्जीवन बीमकहरुबाट ९२% दाबीको भुक्तानी हुन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशका निर्जीवन बीमाहरुबाट ठूलो मात्रामा दाबी भुक्तानी हुन बाँकी रहेको देखिएको छ।

बंगलादेशको बीमा विकास तथा नियामक प्राधिकरण (आईडीआरए)ले प्रकाशन गरेको सन् २०२५ को दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार निर्जीवन बीमा कम्पनीहरुले कुल दाबीको ८.३० प्रतिशतमात्र भुक्तानी गरेका छन्। जब कि ९१.७० प्रतिशत बीमा दाबीहरुको भुक्तानी हुन बाँकी रहेको छ।

Esewa
Crest

प्रतिवेदनअनुसार सरकारी स्वामित्वमा रहेको बीमा तथा पुनर्बीमा कम्पनी जनरल इन्स्योरेन्स कर्पोरेसनमा सन् २०२५ दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै बीमा दाबीहरु भुक्तानी बाँकी छन्। बीमा दाबी भुक्तानी हुन बाँकी रकम २० अर्ब ७५ करोड ८० लाख टाका (स्थानीय मुद्रा) रहेको प्रतिवेदनमा उललेख छ।

अर्कोतर्फ निजी क्षेत्रमा ग्रीन डेल्टा इन्स्योरेन्समा सबैभन्दा धेरै बीमा दाबीहरुको भुक्तानी गर्न बाँकी छ। भुक्तानी हुन बाँकी रकम २ अर्ब ७० करोड ४१ लाख टाका रहेको छ। यो कम्पनीले कुल बीमा दाबीमध्ये ९४.२१% भुक्तानी गर्न बाँकी छ। यसैगरी प्रगति इन्स्योरेन्सको ९२.३३ प्रतिशत र रिलायन्स इन्स्योरेन्सको ९२.३१ प्रतिशत बीमा दाबी भुक्तानी हुन बाँकी छ।

प्रतिवेदनअनुसार निर्जीवन बीमा कम्पनीहरुमा ३६ अर्ब ४ करोड ७८ लाख टाकाबराबरको दाबी परेको थियो। त्यसमध्ये कम्पनीहरुले ३ अर्ब १ लाख टाकाबराबरको दाबी भुक्तानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS