IME Life New

बंगलादेशी बीमा नियामकले जीवन बीमकका सीईओहरुको माग्यो शैक्षिक योग्यताको प्रमाणपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको बीमा विकास तथा नियामक प्राधिकरण (आईडीआरए)ले जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको शैक्षिक योग्यताको प्रमाणपत्र मागेको छ।

आईडीआरएका निर्देशक (जीवन) र उपसचिव देवप्रसाद पालले आज जीवन बीमा कम्पनीहरुको नाममा एउटा परिपत्र जारी गर्दै सीईओहरुको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्न निर्देशन दिएका हुन्। यो निर्देशन बंगलादेशका सबै जीवन बीमा कम्पनीका सीईओ र प्रबन्ध निर्देशकहरुलाई दिइएको हो।

Esewa
Crest

परिपत्रअनुसार सीईओहरुले सबै शैक्षिक योग्यताको प्रमाणपत्र र अंकपत्रसहित अद्यावधिक बायोडाटा पेस गर्नुपर्नेछ। उनीहरुलाई सीईओका रुपमा नियुक्तिका लागि आईडीआरएद्वारा जारी गरिएको स्वीकृति कागजात पनि पेस गर्न भनिएको छ।

आईडीआरएले ती जानकारी र कागजात पेस गर्न तीन कार्य दिन दिएको छ। यसका साथै सीईओहरुलाई आफ्नो जानकारी अनलाइन अद्यावधिक गर्न भनिएको छ। निर्देशनसँगै गुगल फारामको लिंक पनि पठाइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS