IME Life New

समृद्धि फाइनान्सको बनेपा शाखाद्वारा निःशुल्क पानी वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स, बनेपा शाखाले हिजो कृष्ण जन्माष्टमीको पावन अवसरमा बनेपास्थित ऐतिहासिक कृष्ण मन्दिर, लायकु चोक परिसरमा भक्तजनहरूलाई निःशुल्क पानी वितरण गरेको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वमा बिहानदेखि बेलुकीसम्म मन्दिरमा आएका भक्तजनहरूको भीडलाई ध्यानमा राख्दै शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो।

Esewa
Crest

उक्त अवसरमा करिब १००० भन्दा बढी भक्तजनहरूले प्रत्यक्ष सेवा प्राप्त गरेका थिए। भक्तजनहरूले गर्मी मौसममा गरिएको पानी वितरणले आफूलाई ठूलो राहत पुगेको प्रतिक्रिया दिएका छन्। शाखाका प्रतिनिधिहरूका अनुसार यस किसिमका साना तर अर्थपूर्ण सामाजिक कार्यहरूले स्थानीय समुदायसँग सम्बन्ध अझ मजबुत बनाउन मद्दत पुर्‍याउने विश्वास लिएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू । आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS