IME Life New

बन्दीपुर केबलकारको आइपीओ साउन ६ बाट आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । बन्दीपुर केबलकार एन्ड टुरिजमले पहिलो चरणको आइपीओ आउँदो साउन ६ गतेदेखि बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपीओ निष्कासन गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डले बन्दीपुर केबलकारलाई ५८ करोड ६० लाख रुपैयाँ अर्थात १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको छ। कुल कित्तामध्ये कम्पनीले जारी पुँजीको २ प्रतिशतले हुन आउने ५ लाख ६६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र (तनहुँको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा न. १ तथा गोरखाको पालुङटार नगरपालिका वडा न. ७) का स्थानीयका लागि जारी गर्नेछ। स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

स्थानीयले धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, बन्दीपुर केवुलकारको काठमाडौंको कालिमाटीस्थित कार्यालय, बन्दीपुर केवलकारको तल्लो स्टेसन, आँबुखैरेनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिकाको वडा नं. १ को कार्यालय र पालुङटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ५२ लाख ९४ हजार कित्ताको १० प्रतिशतले हुन आउने ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गर्नेछ। उनीहरुले न्यूनतम १० र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका लागि जारी आइपीओको निष्कासन बन्द भने छिटोमा साउन ९ गते र ढिलोमा भदौ २० गते बैंकिङ समयपछि हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS