IME Life New

सर्वसाधारणका लागि भदौ ११ बाट बन्दीपुर केबलकारको आइपीओ आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ। बन्दीपुर केबलकार एन्ड टुरिजमले यही भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ ल्याउन लागेको हो। साउनको पहिलो साता आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई कम्पनीले आइपीओ बिक्री गरेको थियो।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्कासन गर्नेछ। यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत वा सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिदन सक्नेछन्।

यो आइपीओ निष्कासन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS