IME Life New

धितोपत्र बोर्डबाट बन्दीपुर केबलकारले पायो आइपीओ जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले आइपीओ जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आज असार १९ गते बन्दीपुर केबलकारलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डले ५८ करोड ६० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको छ।

Esewa
Crest

अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर जारी गर्नेछ। यो कम्पनीको जारी पुँजीको २०.७१ प्रतिशतबराबरको हुनेछ।

हाल कम्पनीमा संस्थापक समूहको २ अर्ब २४ करोड ४० लाख रुपैयाँबराबरको शेयर स्वामित्व रहेको छ। जुन जारी पुँजीको ७९.२९ प्रतिशत हो।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS