IME Life New

बालेनले झापा-५ मा जित्दा बनेको नयाँ कीर्तिमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जित्दा संसदीय इतिहासमै नयाँ नयाँ कीर्तिमान बनेको छ।

रास्वपाबाट प्रधानमन्त्रीका रुपमा अगाडि सारिएका बालेनले झापा–५ बाट नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगभग ५० हजार मतान्तरले पराजित गरेका छन्। उनले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। बालेनले प्राप्त गरेको मत संसदीय निर्वाचनको इतिहासकै धेरै हो। किनकि हालसम्म संसदीय इतिहासमा यति धेरै मत कसैले प्राप्त गरेको छैन।

Esewa
Crest

यसअघि २०७४ को निर्वाचनमा यही क्षेत्रबाट ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी भएका थिए। २०८० को उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ मा रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी निर्वाचित भएका थिए।

यसपालिको निर्वाचनमा मोरङ क्षेत्र नं. ६ रास्वपाका उम्मेदवारहरु रुविना आचार्यले ५५ हजार ५१३ मत र काभ्रे–२ मा बदनकुमार भण्डारी ५३ हजार ३४४ मत ल्याएर विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS