IME Life New

अध्यादेशमार्फत १२०० सरकारी नियुक्ति खारेज गर्दै बालेन सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले एकैपटक १ हजार २०० राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरेको छ।

रास्वपाको एकल सरकारले यसअघिका सरकारहरुले विभिन्न क्षेत्रमा गरेको ती नियुक्ति खारेज गर्ने तयारी गरेको हो। यसका लागि १–२ दिनभित्र सरकारले अध्यादेश जारी गर्ने अर्थ मन्त्रालय स्रोतले बताए।

Esewa
Crest

स्रोतका अनुसार अध्यादेशमार्फत विभिन्न कूटनीतिक नियोग, न्यायिक क्षेत्र, सार्वजनिक संस्थान, नियामक निकायलगायतका ठाउँमा राजनीतिकको आडमा भएका नियुक्ति खारेज गरिनेछ। ‘अध्यादेश ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ’, स्रोतले भन्यो।

यसअघि प्रतिनिधिसभाको बैठकमै राजस्वा सभापति एवं संसद रवि लामिछानेले राजनीतिक नियुक्तिहरु खारेज गर्ने घोषणा गरेका थिए। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रालयमा पत्रचार गर्दै राजनीतिक नियुक्तिहरुको विवरण माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS