IME Life New

बाजेको सेकुवाले आइपीओ ल्याउने, वार्षिक साधारणसभा आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि आइपीओ ल्याउने भएको छ।

यो रेस्टुराँले आइपीओ ल्याउने एजेन्डासहितका प्रस्ताव पारित गर्न आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा रेस्टुराँको बत्तीसपुतलीस्थित रजिस्टर्ड कार्यालयमा असोज २ गते दिउँसो ३ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले अन्य कम्पनीसँग मर्जरमा जाने, डीडीए गर्ने, मर्जरको सम्झौता गर्न सञ्चालक समितिको अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले रेस्टुराँ सञ्चालन तथा विकास गर्ने परियोजनाहरुका लागि बैंक तथा वित्तीय संस्थाबाट लिने आवश्यक कर्जा तोकिएको सीमाभन्दा बढी भएमा त्यस्तो कर्जा सापटी लिने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS