IME Life New

घरजग्गा व्यवसायीका लागि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सचेतना कार्यशाला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रमा विशेषज्ञ परामर्शदाताका रुपमा स्थापित अग्रणी संस्था एएमएल नेपालले भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट इजाजतपत्र प्राप्त घरजग्गा कम्पनीहरुका लागि एक विशेष सचेतना कार्यशाला सम्पन्न गरेको छ।

कार्यक्रममा विशेषगरी घरजग्गा कारोबारका क्रममा हुनसक्ने वित्तीय जोखिम र राष्ट्रियस्तरको जोखिम मूल्यांकनका विषयमा विस्तृत छलफल गरिएको थियो।

Esewa
Crest

नेपालको घरजग्गा क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ आयोजित यस सत्रमा वित्तीय जानकारी इकाइ (एफआईयू) र अन्य नियामक निकायहरुको चासो तथा हालै इजाजत प्राप्त गरेका नयाँ घरजग्गा इजाजत प्राप्त संस्थाहरुले व्यवसाय सञ्चालनको क्रममा अपनाउनुपर्ने पूर्वतयारी र कानुनी प्रक्रियाका बारेमा प्रकाश पारिएको थियो।

यस महत्वपूर्ण कार्यशालाको सहजीकरण एएमएल नेपालका विज्ञहरु श्रीधर अधिकारी र सेलिना अधिकारीले गरेका थिए। प्रशिक्षणका क्रममा उनीहरुले घरजग्गा व्यवसायीहरुले वित्तीय अपराध नियन्त्रणमा खेल्नुपर्ने भूमिका र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यावसायिक आचरणका बारेमा सहभागीहरुलाई स्पष्ट पारे। विशेषगरी नयाँ घरजग्गा व्यवसायीहरुका लागि सञ्चालन पूर्वको तयारी, जोखिमको पहिचान र रिपोर्टिङ प्रणालीका प्राविधिक पक्षहरुलाई कार्यक्रममा प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।

एएमएल नेपाल यस क्षेत्रमा विशेषज्ञता हासिल गरेको देशकै अग्रणी परामर्शदाता कम्पनी हो। यस संस्थाले विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित नीति निर्माण, कर्मचारीहरुको दक्षता अभिवृद्धि, संस्थागत स्वास्थ्य परीक्षण तथा आवश्यक प्रणाली र सफ्टवेयर सहयोग जस्ता विशिष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ। घरजग्गा कारोबारमा पारदर्शिता सुनिश्चित गर्दै राष्ट्रिय अर्थतन्त्रलाई शुद्धीकरणको जोखिमबाट जोगाउन एएमएल नेपालले यस्ता सचेतनामूलक कार्यक्रम र प्राविधिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS