IME Life New

गाडी कर्जा प्रवाहमा खासै देखिएन सुधार, व्यावसायिकभन्दा व्यक्तिगत प्रयोजनका लागि माग बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्र सुस्त हुँदा विभिन्न क्षेत्रबाट आउने कर्जाको माग पनि घटेको छ। राजनीतिक अस्थिरता, निजी क्षेत्रमा देखिएको नैराश्यतासँगै युवाहरु आन्दोलनमा होमिएपछि बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जा गति लिन सकेको छैन।

अर्कोतर्फ बैंकहरुलाई पुरानो कर्जा असुलीमा धाउधाउ परेको छ। यसले गर्दा समग्र बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको छ।

Esewa
Crest

अर्थतन्त्र चलायमान नहुँदाको प्रत्यक्ष प्रभाव अटोमोबाइल्स क्षेत्रमा पनि देखिएको छ। यो क्षेत्रबाट कर्जाको माग खासै बढ्न सकेको छैन।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्मको तथ्यांकले यस्तो देखिएको हो। चालु वर्षको भदौसम्म बैंकहरुले १ खर्ब ३६ अर्ब ५८ करोड रुपैयाँ गाडी कर्जा प्रवाह गरेका छन्। गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिमा बैंकहरुले १ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँ गाडी कर्जा प्रवाह गरेका थिए। गत वर्षको तुलनामा गाडी कर्जा ६.१८ प्रतिशतले मात्रै बढेको छ। जुन खासै उत्साहजनक होइन।

चालु वर्षको मंसिरसम्म बैंकहरुले व्यावसायिक प्रयोजनका लागि ९२ अर्ब १४ करोड रुपैयाँ र व्यक्तिगत प्रयोजनका लागि ४४ अर्ब ४३ करोड रुपैयाँ गाडी कर्जा प्रवाह गरेका छन्। गत वर्ष यही अवधिसम्म बैंकहरुले व्यावसायिक प्रयोजनका लागि ८६ अर्ब ९६ करोड रुपैयाँ र व्यक्तिगत प्रयोजनका लागि ४१ करोड ६७ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेका थिए।

गत वर्षको तुलनामा समीक्षा अवधिमा व्यावसायिक प्रयोजनका लागि गएको गाडी कर्जा ५.९६ प्रतिशत र व्यक्तिगत प्रयोजनका लागि गएको कर्जा ६.६३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS