IME Life New

बीमकलाई वेबसाइटमा कार्यालयको ठेगाना र सम्पर्क विवरण अध्यावधिक गर्न प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले शाखा ,उपशाखा तथा सम्पर्क कार्यालयहरूको विवरण वेबसाइटमा अध्यावधिक गर्न इजाजत प्राप्त सबै बीमकलाइ निर्देशन जारी गरेको छ।

प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले बीमित तथा सेवाग्राहीको सुविधाका लागि कम्पनीको वेबसाइटमा सम्पर्क विवरण अध्यावधिक गर्न निर्देशन जारी गरेको हो । प्रादेशिक कार्यालयले बीमकलाइ पठाएको इमेलमा लेखेको छ, कतिपय बीमकहरूको वेबसाइटमा कर्णाली प्रदेश अन्तर्गतका कार्यालयहरूको सम्पर्क विवरण नराखिएको पाइएको हुँदा २०८३ साउन मसान्त भित्र पूर्णरूपमा अध्यावधिक गर्न केन्द्रीय कार्यालयमा समन्वय गर्नुहुन अनुरोध छ।

Esewa
Crest

बीमकले कार्यालय, शाखाको नाम, ठेगाना, फोन नम्बर, इमेल र गुगल म्याप सङ्केत नम्बर, कार्यालय प्रमुखको तस्वीर, नाम, पद, इमेल र मोबाइल नम्बर सहितको विवरण अध्यावधिक गर्नुपर्नेछ।

प्रादेशिक कार्यालयले झुत्रा वा च्यातिएका वा रङ्ग उडेका कार्यालय बोर्ड समेत यथाशक्य छिटो प्रतिस्थापन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS