IME Life New

वर्षमा औसत २ पटक अस्पताल बीमाको दाबी गर्छन् अस्ट्रेलियाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियाका जनताले वर्षमा औसत दुईपटक अस्पताल बीमाको दाबी गर्ने गरेको तथ्यांक बाहिर आएको छ।

मनी डटकमको तथ्यांकअनुसार निजी अस्पताल बीमा भएका अस्ट्रेलियालीले आफ्नो कभरेजको सक्रिय प्रयोग गरिरहेका छन्। बीमितमध्ये ५१ प्रतिशतले वर्षमा औसत दुईवटा दाबी पेस गरिरहेको पाइएको छ।

Esewa
Crest

यसैगरी निजी अस्पताल बीमामा वर्षमा कम्तीमा ३ वटादेखि अधिकतम ५ वटा दाबी पेस गर्नेमा १० प्रतिशत र ७ प्रतिशतले ६ वटाभन्दा बढी दाबी पेस गर्ने गरेका छन्।

तथ्यांकअनुसार करिब ३१ प्रतिशत बीमितले हालसम्म निजी अस्पताल बीमामा दाबी पेस नगरेको पाइएको छ।

निजी अस्पताल बीमामा सबैभन्दा बढी दाबी सामान्य शल्यक्रिया र रातभर अस्पताल बसाइको पर्ने गरेको मनी डटकमको तथ्यांकले देखाउँछ।

यसैगरी मनी डटकमले गरेको सर्भेमा सहभागी २१ प्रतिशतले उत्तरदाताले अस्पताल बीमालाई सबैभन्दा उपयुक्त बीमाका रुपमा व्याख्या गरेका छन्। सर्भेमा सहभागी १९ प्रतिशतले भने अस्पताल बीमालाई लागत बचतका रुपमा हेरेका छन्।

सर्भेपछि सार्वजनिक प्रतिवेदनमा वृद्ध अस्ट्रेलियालीका निरन्तर स्वास्थ्य आवश्यक हुने भएकोले अस्पताल बीमा कभरेज लिनुपर्ने सुझाव दिइएको छ। जब कि अस्पताल बीमा युवापुस्तालाई कर प्रोत्साहन वा मानसिक तनाव कमलाई उपयुक्त कभरेज हुने प्रतिवेदनमा उल्लेख छ।

मार्च २०२५ मा गरिएको सर्भेक्षणमा १ हजारभन्दा बढी अस्ट्रेलियाली सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS