IME Life New

अस्ट्रेलियाः फर्जी गाडी दुर्घटनाको साढे ५ करोड बीमा रकम झ्वाम पार्ने पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियामा फर्जी गाडी दुर्घटनाको बीमा दाबी गरेर साढे ५ करोड रुपैयाँ बढी लिन सफल एक व्यक्ति पक्राउ परेका छन्।

अस्ट्रेलियाको क्याम्प्सी पोलिसी एरियाबाट खटिएको टोलीले सिड्नी विमानस्थलबाट बीमाको करोडौँ रकम झ्वाम पार्न सफल ६६ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको हो। यद्यपि, प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै ती व्यक्तिको परिचय खुलाएको छैन।

Esewa
Crest

ती व्यक्तिले गरेको बीमा दाबी शंकास्पद देखिएपछि बीमा कम्पनीले प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।

सन् २०१९ देखि २०२२ सम्म क्याटेबरी–ब्यांक्सटाउनमा १६ वटा दुर्घटनामा ४५ वटा गाडी क्षतिग्रस्त भएको घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ। ती घटनामा क्षतिग्रस्त भएका गाडीको फर्जी परिचयपत्रमा तेस्रो पक्ष बीमा गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। पछि ती गाडी पार्किङ गरिएका गाडीहरुसँग ठोकिएको भन्दै बीमा दाबी गरिएको थियो।

ती व्यक्ति शंकास्पद ती दुर्घटनामा कुल ३ लाख ९० हजार अमेरिकी डलर (करिब साढे ५ करोड रुपैयाँ) दाबी बीमा कम्पनीमा गरिएको थियो। बीमा कम्पनीले ती दाबीको भुक्तानी दिइसकेका छन्।

शंकास्पद देखिएका ती बीमा दाबीको अनुसन्धान गर्दा फर्जी दुर्घटनाका नाममा कम्पनीहरुबाट रकम भुक्तानी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ती व्यक्तिलाई मकस्ट प्रहरी चौकीमा राखिएको थियो। उनीमाथि वित्तीय कसुरमा मुद्दा चलाइएको छ। स्थानीय ब्याक्सटाउन अदालतमा उपस्थित गराएर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS