IME Life New

नयाँ ग्यालेक्सी स्मार्टफोनसँगको आकर्षक मल्टी-बाइ अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।

सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ५३ प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिनेछ। यो विशेष मल्टिबाइ अफर ले प्रयोगकर्ताहरूलाई आफ्नो फोनलाई ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ जस्ता उपकरणहरूसँग जडान गरेर पूर्ण ग्यालेक्सी अनुभव प्राप्त गर्न सक्षम बनाउँछ।

Esewa
Crest

यी उपकरणहरू रक्तचाप र इसीजी जस्ता उन्नत स्वास्थ्य ट्र्याकिङ, सहज कनेक्टिभिटी, र ग्लेक्सी एआईद्वारा सञ्चालित उत्कृष्ट अडियो अनुभव प्रदान गर्नका लागि डिजाइन गरिएका छन्।

एमएक्स सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङमा, हाम्रो लक्ष्य सधैं एक कनेक्टेड इकोसिस्टम सिर्जना गर्नु रहेको छ जसले दैनिक जीवनलाई सरल र समृद्ध बनाउँछ। यस मल्टी(बाइ अफर मार्फत, हामी हाम्रा ग्राहकहरूलाई ग्यालेक्सी कनेक्टिभिटीको पूर्ण शक्ति अनुभव गर्न सजिलो बनाउन चाहन्छौं, स्मार्ट हेल्थ ट्र्याकिङदेखि सिमलेस कम्युनिकेसनसम्मः सबै एउटै एकीकृत इकोसिस्टम भित्र ।’

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स  सेवा मार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्। प्रक्रिया निकै सरल छ—केवल तपाईंको नागरिकता प्रमाणपत्र भए पुग्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS