काठमाडौं । एमजी मोटरले भारतीय एसयूभी बजारमा ठूलो दाउ लगाउने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो नयाँ फ्ल्यागसिप फुल साइज एसयूभी एमजी म्याजेस्टर लन्च गर्दैछ।
नयाँ एमजी म्याजेस्टर आउँदो फेब्रुअरी १२ मा लन्च हुनेछ। यो एसयूभी हालको ग्लोस्टरभन्दा माथि राखिनेछ र शक्तिशाली, प्रिमियम र बलियो एसयूभी खोज्ने ग्राहकलाई लक्षित गर्नेछ। यसको लन्च हुनुभन्दा अघि नै एमजी म्याजेस्टरले अटो उद्योगमा उल्लेखनीय चर्चा उत्पन्न गरेको छ।
लुक र डिजाइन
एमजी म्याजेस्टरको डिजाइन धेरै हदसम्म अन्तर्राष्ट्रिय बजारमा बेचिएको म्याक्सस डी९० एसयूभीबाट प्रेरित छ। यसको अगाडि ग्लोस ब्ल्याक एलिमेन्टन्स भएको ठूलो ग्रिल रहेको छ। ठाडो एलईडी हेडल्याम्प र पातलो आइब्रो–शैलीको डीआरएलले यसलाई आक्रामक लुक दिन्छ। कालो बम्पर र सिल्भर इन्सट्र्सले एसयूभीको बलियो चरित्रलाई अझ बढाउँछ।
साइड प्रोफाइलमा बाक्लो बडी क्ल्याडिङ, डुअल–टोन १९–इन्च एलोय ह्विल, ब्ल्याक डोर ह्यान्डल र ब्ल्याक रुफ रेलहरू छन्। पछाडिको भागमा जडान गरिएको एईडी टेललाइटहरु, ब्ल्याके बम्पर, सिल्भर स्किड प्लेट र ट्विन एक्जस्ट स्टाइलिङ एलिमेन्टहरुले यसलाई प्रिमियम फिनिस दिन्छन्।
इन्टिरियर र फिचर
एमजी म्याजेस्टरको पूर्ण इन्टिरियर अटो एक्सपोमा खुलासा गरिएको थिएन, तर, स्पाई तस्बिरहरुले यसको क्याबिन म्याक्सस डी९० जस्तै हुन सक्ने अनुमान लगाउन सकिछ। यसमा १२.३ इन्चको फ्लोटिंग टचस्क्रिन, डिजिटल ड्राइभर डिस्प्ले र ३–स्पोक स्टेयरिङ ह्विल हुने अपेक्षा गरिएको छ। गियर सेलेक्टर स्टेयरिङ कोलममा अवस्थित हुन सक्छ।
एमजी म्याजेस्टर ग्लोस्टर माथि राखिएको हुनेछ। त्यसैले यसले थप एड्भान्स फिचरहरु प्रदान गर्ने सम्भावना छ। ग्लोस्टरले पहिले नै प्यानोरामिक सनरुफ, ३–जोन क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जिङ, १२–स्पिकर साउन्ड सिस्टम, मसाज फंक्सनसहितको पावर सिट र पावर्ड टेलगेटजस्ता फिचर प्रदान गर्दछ। म्याजेस्टरमा अझ बढी प्रिमियम प्रविधि हुने अपेक्षा गरिएको छ।
इन्जिन र प्रदर्शन
यो एसयूभी २.०–लिटर ट्विन–टर्बो डिजेल इन्जिनद्वारा सञ्चालित हुने अपेक्षा गरिएको छ। यो इन्जिनले लगभग २१६ एचपी र ४७९ एनएम टर्क उत्पादन गर्छ। यसलाई ८–स्पिड अटोमेटिक गियरबक्स र ४डब्ल्यूडी सिस्टमसँग जोडिनेछ। समग्रमा एमजी मेजेस्टर भारतको पूर्ण साइजको एसयूभी खण्डमा बलियो दाबेदार हुनेछ।
मूल्य कति हुनेछ?
लन्च हुनुभन्दा पहिले मूल्य निर्धारणका बारेमा टिप्पणी गर्नु हतार भए पनि यसलाई भारु ४० लाखको सुरुआती मूल्यमा प्रस्ताव गर्न सकिन्छ। एमजी मेजेस्टरले टोयोटा फर्च्युनर, जीप मेरिडियन र स्कोडा कोडियाकजस्ता लोकप्रिय एसयूभी मोडेलसँग प्रतिस्पर्धा गर्नेछ।












