IME Life New

रसुवामा बाढीबाट कम्तीमा नाैजनाको मृत्यु, १९ जना बेपत्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवा जिल्लामा मंगलबार बिहान देखि आएको बाढीका कारण ९ जनाको ज्यान गइसकेको छ।  रसुवाबाट नदीको बाढीले बगाएकोमध्ये एकजनाको शव त्रिशुली नदी किनारमा चितवनमा फेला परेको छ।

नेपाल प्रहरीका अनुसार, २ प्रहरी, ६ चिनियाँ नागरिक र ११ सर्वसाधारण सहित १९ जना अझै पनि हराइ रहेका छन् । सुरक्षाकर्मीले ५७ जनाको जीवितै उद्धार गरेका छन् ।

Esewa
Crest

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण धनजनको ठूलो क्षति भएको छ।

नेपाल प्रहरीका अनुसार, बाढीबाट गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १,२ र ३, आमाछोदिङ्मो वडा नम्बर १,२,४ र ५, उत्तरगया गाउँपालिका वडा नम्बर, २,४ र ५ तथा कालिका गाउँपालिका वडा नम्बर १ सबैभन्दा बढी प्रभावित बनेको छ।

उद्धारका लागि बाढी प्रभावित क्षेत्रमा जिल्ला प्रहरी कार्यालय रसुवाले ३८३ जना प्रहरी परिचालन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS