IME Life New

विश्वका शीर्ष १० सफा विमानस्थलमा एसियाको वर्चश्व, कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा सफा विमानस्थलहरुको सूची सार्वजनिक भएको छ। यो सूची स्काईट्रयाक्सले सार्वजनिक गरेको हो।

विश्वकै सबैभन्दा सफा १० विमानस्थलमा अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाजस्ता देशका विमानस्थल परेका छैनन्। शीर्ष १० सफा विमानस्थलमा एसियाली मुलुकहरुको वर्चश्व रहेको देखिन्छ।

Esewa
Crest

शीर्ष १० सफा विमानस्थलमध्ये चारवटा जापानमा छन्। दक्षिण कोरिया, सिंगापुर, कतार, हङकङ, ताइवान र स्विजरल्याण्डमा पनि एक–एक विमानस्थल छन्।

स्काईट्र्याक्सका अनुसार विश्वको सबैभन्दा सफा विमानस्थल जापानको राजधानी टोकियोमा रहेको हानेदा विमानस्थल हो। सियोलको इन्चोन विमानस्थल दोस्रो स्थानमा छ। सिंगापुरको चांगी विमानस्थल तेस्रो स्थानमा छ। कतारको राजधानी दोहामा रहेको हमाद विमानस्थल चौथो स्थानमा छन्।

यसैगरी जापानको नागोया विमानस्थल यो सूचीमा पाँचौँ स्थानमा छ। टोकियोको नारिता विमानस्थल छैटौं स्थानमा छ र कान्साई विमानस्थल सातौँ स्थानमा छ। कान्साई विमानस्थल ओसाका, क्योटो र कोबेको सबैभन्दा नजिकको विमानस्थल हो।

हङकङ विमानस्थल यस सूचीमा आठौँ स्थानमा छ। ताइवानको ताओयुआन विमानस्थल नवौँ र युरोपको खेल मैदान स्विट्जरल्यान्डको जुरिच विमानस्थल दसौँ स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS