IME Life New

परिपक्व विश्वव्यापी बजारमा व्यवसाय विस्तार गर्दै एसियाका पुनर्बीमक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियाका पुनर्बीमा कम्पनीहरुले अन्डरराइटिङ चक्रलाई विविधीकरण र व्यवस्थापन गर्न परिपक्व विदेशी बजारहरुमा व्यवसाय विस्तार गरिरहेका छन्।

एएम बेस्टको मार्केट सेग्मेन्ट रिपोर्ट ‘एसिया इन फोकसः अ टु–वे स्ट्रिट फर रिइन्स्योरेन्स डाइभर्सिफिकेसन’ले एसिया पुनर्बीमा कम्पोजिटमा धेरैजसो पुनर्बीमा कम्पनीहरुले सन् २०२४ मा उच्च खुद आम्दानी गरेको उल्लेख गरेको छ। प्रतिवेदनमा चीनका ठूला पुनर्बीमकहरुले सबैभन्दा राम्रो प्रदर्शन गरेको जनाइएको छ।

Esewa
Crest

बलियो अन्डरराइटिङ र लगानी आयबाट सन् २०२४ मा कम्पोजिटको भारित औसत प्रतिफल इक्विटीमा ११.३ प्रतिशत पुगेको छ। एएम बेस्टकी वरिष्ठ निर्देशक क्रिस्टी लीले भनिन्, ‘चीनको आर्थिक वृद्धि सुस्त हुँदै गएको र जापान तथा दक्षिण कोरियाजस्ता परिपक्व बजारहरुले जनसांख्यिकीय र आर्थिक चुनौतीहरुको सामना गरिरहेकाले एसिया प्रशान्तका पुनर्बीमकहरु बढ्दो रुपमा अन्तर्राष्ट्रिय बजारहरुतिर फर्किरहेका छन्।’

प्रतिवेदनअनुसार सिंगापुर र दक्षिण तथा दक्षिणपूर्वी एसियाका पुनर्बीमकहरुले सन् २०२४ मा बलियो आम्दानी कायम राखेका थिए। जुन वर्ष–दर–वर्ष लगभग स्थिर हो। तर, अझै पनि ऐतिहासिक उच्चतम विन्दुको नजिक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS