IME Life New

विश्वमा चिकित्सा दायित्व बीमा बजारको नेतृत्व गर्दै एसिया प्रशान्त क्षेत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको चिकित्सा दायित्व बीमा बजारको नेतृत्व एसिया प्रशान्त क्षेत्रले गर्ने अनुमान गरिएको छ।

एलाइड मार्केट रिसर्चले हालै आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो। एसिया प्रशान्त क्षेत्रले सन् २०२१ देखि २०३१ सम्म चिकित्सा व्यावसायिक दायित्व बीमा बजारमा सबैभन्दा छिटो वार्षिक औसत १४.१ प्रतिशत वृद्धिदर हालस गर्ने प्रक्षेपण गरिएको छ।

Esewa
Crest

विश्वव्यापी रुपमा यो बीमा बजार सन् २०२१ मा १२.५ अर्ब डलरको मूल्यांकन गरिएको थियो। सन् २०३१ सम्ममा ३३.७ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। विश्वमा यसले सन् २०२२ देखि २०३१ सम्म वार्षिक औसत १०.८ प्रतिशतको वृद्धिदरलाई प्रतिनिधित्व गर्दछ।

कोरोना संक्रमणले चिकित्सा दायित्व बीमा बजारमा मध्यम प्रभाव पारेको छ। लकडाउनको समयमा इन्टरनेट प्रयोगमा वृद्धि भएकोले बीमा उत्पादनहरुको अनलाइन वितरणलाई अगाडि बढाइएको थियो।

बीमा दाबी अन्डरराइटिङ प्रक्रियाको स्वचालन पनि बढेको छ। हालको प्राविधिक प्रगतिले स्वास्थ्य सेवा पेसेवरमाझ यो बीमाको माग अझ तीव्र बनाउने अपेक्षा गरिएको छ।

सन् २०२१ मा बीमा दाबीमा गलत निदान वा ढिलो निदानको हिस्सा सबैभन्दा ठूलो थियो। जब कि शल्यक्रिया त्रुटिले सन् २०३१ सम्ममा वार्षिक औसत १५.२ प्रतिशतको छिटो वृद्धि दर्ता गर्ने अपेक्षा गरिएको छ।

बीमा कभरेजको सन्दर्भमा १० लाख डलर र ५० लाख डलरसबीचको मूल्यका पोलिसीको माग सबैभन्दा धेरै देखिएको छ। जब कि ५० लाख डलर र २० लाख डलरबीचका पोलिसीको माग वार्षिक औसत १४.९ प्रतिशतका दरले बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS