IME Life New

राजनीतिक जोखिम बीमा वृद्धिको नेतृत्व गर्दै एसिया प्रशान्त क्षेत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०३० सम्ममा एसिया प्रशान्त क्षेत्रको राजनीतिक जोखिम बीमा बजार विश्वव्यापी रुपमा सबैभन्दा छिटो बढ्ने अपेक्षा गरिएको छ। उत्तर अमेरिका सबैभन्दा ठूलो बजार रहनेछ।

द बिजनेस रिसर्च कम्पनीको प्रतिवेदनअनुसार विश्वव्यापी राजनीतिक जोखिम बीमा बजार सन् २०२५ मा ७.०७ अर्ब डलरबाट बढेर सन् २०२६ मा ७.६७ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। जुन ८.६ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धि दरबाट हासिल हुनेछ।

Esewa
Crest

यो बजार सन् २०३० सम्ममा १०.७७ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ। जुन अनुमानित अवधिमा औसत ८.८ प्रतिशतको वृद्धिबाट कायम हुनेछ।

प्रतिवेदनमा उल्लेख छ कि ऐतिहासिक वृद्धि बढ्दो विदेशी प्रत्यक्ष लगानी, उदीयमान बजारहरुमा बढ्दो भूराजनीतिक अस्थिरता, बहुराष्ट्रिय कम्पनीहरुको विस्तार, विकासशील अर्थतन्त्रहरुमा निरन्तर मुद्राको उतारचढाव र सीमापार व्यापार सम्झौताहरुको उदारीकरणले गर्दा भएको हो।

ग्लोबलडाटाका अनुसार मार्चको एउटा प्रतिवेदनले अमेरिका, इजरायल र इरान बीचको बढ्दो तनावका बीचमा राजनीतिक जोखिम बीमा बजारको मागमा तीव्र वृद्धि हुने भविष्यवाणी गरेको छ। प्रतिवेदनले मध्यपूर्वमा जोखिम बढेको उल्लेख छ।

द्वन्द्वले आतिथ्य, ऊर्जा र पूर्वाधारजस्ता विशिष्ट क्षेत्रहरुलाई असर गरिरहेको छ। होटल, डाटा सेन्टर र पाइपलाइनजस्ता सम्पत्तिलाई क्षेप्यास्त्र आक्रमण र ड्रोन घटनाहरुको जोखिममा मानिन्छ।

रुस–युक्रेन युद्धको सुरुआतदेखि भूराजनीतिक तनावले साइबर बीमाको माग बढाएको छ भने ग्लोबलडाटाको सर्वेक्षण तथ्यांकले राजनीतिक जोखिम कभरेजमा रुचि पनि उस्तै गतिमा बढिरहेको देखाउँछ।

सन् २०२५ को तेस्रो र चौथो त्रैमासिकमा भर्डिक्ट मिडिया साइटहरुमा गरिएको एउटा सर्वेक्षणले पत्ता लगायो कि धेरैजसो बीमा पेसेवरहरुले साइबर बीमाको उच्चतम माग हुने अपेक्षा गरे पनि लगभग चारमध्ये एकजना उत्तरदाताले राजनीतिक जोखिम बीमामा पनि उल्लेखनीय वृद्धि हुने विश्वास गर्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS